अमेरिकामा एलजिबिटीक्यू युवाहरूका लागि सञ्चालित आत्महत्या निवारण हटलाइन सेवा बन्द हुँदै



प्रकाशित मिति : असार ५, २०८२ बिहीबार


अमेरिकामा एलजिबिटीक्यू युवाहरूलाई लक्षित आत्महत्या निवारण सेवाको एक भाग चाँडै बन्द हुने भएको छ । ट्रम्प प्रशासनले यसको बजेट कटौती गरेपछि यस्तो हुन लागेको हो।

प्रशासनले उक्त सेवामाथि ‘कट्टर लैंगिक विचारधाराको प्रचार’ गरेको आरोप लगाएको छ। तर, प्रशासनले ९८८ आत्महत्या तथा संकट हटलाइन को समग्र सेवा भने यथावत् रहने बताएको छ । सबै कलकर्तालाई ‘दया र सहयोग’ भने दिइने प्रशासनले बताएको छ।

ट्रेवर प्रोजेक्ट नामक संस्थाले यो सेवा सञ्चालनमा भूमिका खेलेको थियो। ट्रम्प प्रशासनको निर्णयले संकटमा परेका कमजोर युवाहरूमा नकारात्मक प्रभाव पार्ने संस्थाले बताएको छ।

अमेरिकामा एलजिबिटीक्यू युवाहरूका लागि सञ्चालित आत्महत्या निवारण हटलाइन सेवा बन्द हुँदै

अमेरिकामा एलजिबिटीक्यू युवाहरूका लागि सञ्चालित आत्महत्या निवारण हटलाइन सेवा बन्द हुँदै

संस्थाका प्रमुख कार्यकारी अधिकारी जयम्स ब्ल्याकले आत्महत्या रोकथाम राजनीति होइन, मानवीयता हो भन्दै आफूहरूको सेवा बन्द गर्न ३० दिनको सूचना दिइएको बताए ।

द्विदलीय समर्थन पाएको, प्रमाणमा आधारित, र संकटमा रहेका युवाहरूको जीवन बचाउन सफल भएको सेवालाई हटाउने निर्णय यो प्रशासनले लिएको छ, जुन पूर्ण रूपमा अपारदर्शी छ उनले भनेका छन ।

यो निर्णय पुराइड महिनाको बीचमा आएको हो, जुन एलजिबिटीक्यू समुदायको इतिहास र संस्कृतिको उत्सवको रूपमा मनाइन्छ।

अमेरिकी सर्वोच्च अदालतले टेनेसी राज्यमा ट्रान्सजेन्डर किशोरहरूका लागि लिङ्ग परिवर्तन सम्बन्धी स्वास्थ्यसेवामा लगाइएको प्रतिबन्धलाई सदर गर्ने निर्णयको केही दिनअघि आएको हो ।

९८८ हटलाइन एक निशुल्क मानसिक स्वास्थ्य सहायता सेवा हो । जसमा फोन, टेक्स्ट वा च्याटमार्फत् सहयोग पाइन्छ । यो सेवा अमेरिकी स्वास्थ्य मन्त्रालय अन्तर्गत पर्छ।

अमेरिकामा एलजिबिटीक्यू युवाहरूका लागि सञ्चालित आत्महत्या निवारण हटलाइन सेवा बन्द हुँदै

सन् २०२० मा अमेरिकी कंग्रेसले पारित गरेको ऐनले ९८८ हटलाइनलाई एलजिबिटीक्यू समुदाय र अन्य जोखिममा रहेका समूह (जस्तै ग्रामीण तथा आदिवासी अमेरिकीहरू) का लागि विशेष सेवा र कर्मचारी उपलब्ध गराउने दायित्व दिएको थियो।

उक्त कानुनलाई द्विदलीय समर्थन प्राप्त थियो । जसमा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्प ले पनि हस्ताक्षर गरेका थिए। कानुनले एलजिबिटीक्यू युवाहरूलाई ‘अन्य साथीसँगीहरूभन्दा चार गुना बढी आत्महत्या गर्न विचार गर्ने’ भन्दै विशेष संवेदनशील समूहको रूपमा चिनाएको थियो ।

प्रत्येक पाँच एलजिबिटीक्यू युवामध्ये एकजना र तीन ट्रान्सजेन्डर युवामध्ये एकजनाले आत्महत्या प्रयास गरेको उल्लेख गरिएको थियो । ट्रेवर प्रोजेक्टले सन् २०२२ देखि ९८८ हटलाइनमार्फत् सेवा दिन थालेको हो ।

सन् २०२४ मा मात्र यस संस्थाले २ लाख ३१ हजार भन्दा बढी लाई सेवा वा परामर्श दिएको छ ।





Source link

Leave a Comment