अमेरिकामा एरिका र कुशल सम्मानित

अमेरिकामा एरिका र कुशल सम्मानित


खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ र उनका प्रशिक्षक कुशल श्रेष्ठ अमेरिकामा सम्मानित भएका छन्।

युएसए ओपन च्याम्पियनसिपमा पनि पदक विजेता एरिका र प्रशिक्षक कुशल अमेरिकामा सम्मानित भएका हुन्। टेक्सासको ह्युस्टनमा बस्ने नेपालीको उपस्थितिमा मोमो हाउस ह्युस्टनले १५ सय डलरसहित उनीहरूलाई सम्मान गरेको हो। 

प्रशिक्षक कुशल श्रेष्ठ दशौं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेतासमेत हुन्। चीन यसै वर्ष सम्पन्न १९औं एसियाली खेलकुदमा एरिकाले ऐतिहासिक रजत पदक जित्दा उनै कुशल प्रशिक्षक थिए। सोही एसियाली खेलकुदमा सहभागी विप्लवलाल श्रेष्ठ र एरिकाले टेक्सासमा भएको युएस ओपन करातेमा प्रतिस्पर्धा गरेका थिए।

सो च्याम्पियनसिपमा एरिकाले एक स्वर्ण र रजत पदक जित्दा विप्लवलाल पदकविहीन भए। एरिकाले १८ देखि २० वर्ष उमेरसमूहमा स्वर्ण र ६८ केजी तौलसमूहमा रजत पदक हात पारेकी थिइन्। उनको सो सफलताका लागि टेक्सासका नेपाली व्यवसायीले सम्मान गरेका हुन्। प्रशिक्षक श्रेष्ठले यो सम्मानले आगामी खेलकुदमा उँचो प्रदर्शन गर्न प्रेरणा मिल्ने बताए। 

प्रशिक्षक कुशलले युएसए ओपनको प्रदर्शनले आगामी जुलाईमा भुटानमा हुने आठौं साउथ एसियन कराते च्याम्पियनसिपमा समेत सहयोग पुग्ने विश्वास लिएका छन्। उनका अनुसार नेपाली कराते टोली आगामी अप्रिल ९ तारिखमा स्वदेश फर्किनेछ।

प्रकाशित: २३ चैत्र २०८० ०८:२५ शुक्रबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School