अमेरिकाको विमानस्थलमा गोली चल्दा ३ जना घाइते



प्रकाशित मिति : पुस ११, २०८१ बिहीबार

अमेरिकाको फोनिक्स स्काई हार्बर अन्तर्राष्ट्रिय विमानस्थलमा गोली चल्दा ३ जना घाइते भएका छन । एकजनालाई छुरा प्रहार भएको छ ।

गोली चलाएको घटनामा तीन जना घाइते भएका छन् । ति मध्ये एकजनाको अबस्था गम्भीर रहेको छ । सोही स्थानमा गोली हानाहानको अर्को घटना पनि भएको बताइएको छ ।

विमानस्थलको टर्मिनल ४ मा सुरक्षा जाँच भइरहेको बेला बाहिर रहेको एउटा रेष्टुरेण्टमा गोली चलेको बताइएको छ । त्यहाँ युवाहरु क्रिसमस मनाउन जम्मा भएको अनुमान गरिएको छ ।

घटनास्थलमा प्रहरी पुग्दा एक महिला र दुई पुरुषलाई गोली लागेको अबस्थामा फेला पारिएको थियो । तीनै जनालाई उपचारको लागि अस्पताल लगिएको छ । महिलाको अवस्था गम्भीर छ ।

प्रहरीहरूले एक पुरुष र एक किशोरीलाई पार्किङ ग्यारेजमा पक्राउ गरेका थिए। प्रहरीका अनुसार घटनामा संलग्न सबै व्यक्तिहरू एकअर्कालाई चिन्छन् ।

उनीहरूबिचमा झगडा भइरहेको बेला एकजनाले गोली चलाएपछि अबस्था नियन्त्रण भन्दा बाहिर गएको थियो । गोली कसले चलाएको हो भन्ने बारेमा यकिन नभएको प्रहरीले बताएको छ ।

बिमानस्थल बाहिर गोली चलेको भएपनि अरु कसैलाई गोली भने नलागेको देखिएको छ ।

घटनापछि सुरक्षा चेकपोइन्टलाई अस्थायी रूपमा बन्द गरिएको थियो । प्रहरीले घटनाको सुक्ष्म अनुसन्धान गरिरहेको बताएको छ ।

अमेरिकाको विमानस्थलमा गोली चल्दा ३ जना घाइते





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School