अमेरिकाका केही धार्मिकस्थलमा छापामार्न अध्यागमनलाई अदालतको रोक



प्रकाशित मिति : फाल्गुन १२, २०८१ सोमबार

अमेरिकाका केही धार्मिकस्थलमा छापामार्न अध्यागमनलाई अदालतको रोक

एक संघीय न्यायाधीशले सोमबार अध्यागमन एजेन्सी आइसका एजेन्टहरूलाई चर्च लगायतका धार्मिक स्थलमा छापामार्न रोक लगाउने अस्थायी आदेश जारी गरेका छन् । ट्रम्प प्रशासनले हालै धार्मिक स्थलमा समेत छापामार्न सहज हुनेगरी नीतिमा परिवर्तन गरेकोमा त्यसविरुद्ध धार्मिक समूहहरूले अदालतमा चुनौति दिएका थिए ।

मेरिल्याण्डमा अमेरिकी जिल्ला न्यायाधीश थियोडोर चुआङले होमल्याण्ड सेक्युरिटी र यस माताहतको अध्यागमन एजेन्सी आइसलाई कुनै पनि पूजास्थलमा वा नजिकै अध्यागमन कारवाहीहरु नगर्न आदेश दिएका हुन् । यस प्रारम्भिक आदेशको कसैले उल्लङ्घन गरेमा अदालतको अवहेलना सहित सबै लागू दण्डसजाय हुने न्यायाधिसले आदेशमा लेखेका छन् ।

अमेरिकाका केही धार्मिकस्थलमा छापामार्न अध्यागमनलाई अदालतको रोक

अमेरिकाका केही धार्मिकस्थलमा छापामार्न अध्यागमनलाई अदालतको रोक

अमेरिकाका केही धार्मिकस्थलमा छापामार्न अध्यागमनलाई अदालतको रोक

प्रशासनिक वा वा न्यायिक वारेन्ट जारी भएका व्यक्तिलाई गिरफ्तार गर्ने सन्दर्भमा भने अदालतको आदेश लागू हुँदैन। तर अदालतको निर्णयले राष्ट्रपति डोनाल्ड ट्रम्पको अध्यागमन कारवाही सुदृढ पार्ने र कागजात नभएका आप्रवासीहरूको सामूहिक निर्वासन सञ्चालन गर्ने शीर्ष प्राथमिकताका लागि अर्को धक्का दिएको छ ।

दशकौंदेखि डेमोक्रेटिक र रिपब्लिकन दुवै पक्षका राष्ट्रपतिय प्रशासनहरूले धेरै हदसम्म पूजास्थल, विद्यालय र अस्पतालहरूमा जस्ता संवेदनशील स्थानहरूमा अध्यागमन कारवाही लागू नगर्ने नीतिहरू कायम राखेका थिए । न्यायाधीशले ट्रम्प प्रशासनको नीतिलाई अस्थायीरुपमा राष्ट्रव्यापी नरोकेका कारण ३५ राज्यहरु, पोर्तोरिको र वार्सिटन डिसीमा रहेका १७ सय धार्मिक स्थल भने अदालतको आदेशबाट संरक्षित छैनन् ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School