अफगानिस्तानका पुरुषहरुले नाता नपर्ने महिलाका शरीर र अनुहार हेर्न नपाउने

अफगानिस्तानका पुरुषहरुले नाता नपर्ने महिलाका शरीर र अनुहार हेर्न नपाउने



प्रकाशित मिति : भाद्र १६, २०८१ आईतबार

अफगानिस्तानका पुरुषहरुले नाता नपर्ने महिलाका शरीर र अनुहार हेर्न नपाउने भएका छन । यस्तै वयस्क महिलाले पनि गैरपुरुषका शरीर र अनुहार हेर्न पाइदैन ।

अफगानिस्तानको नैतिक आचरणसम्बन्धी मन्त्रालयले देशमा यी कानुनहरूले कसैलाई छुट नदिने बताएको छ ।

तालिवानले जारी गरेको नयाँ कानुनमा सार्वजनिक स्थलमा महिलाको आवाज र अनुहारलाई पनि प्रतिबन्ध लगाइएको छ ।

तालिवानका सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादाले अनुमोदन गरेको नयाँ कानुनले महिलाहरूलाई घर बाहिर ठूलो स्वरमा बोल्न र अनुहार देखाउन लगायतका प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ ।

एउटा वयस्क महिला जरुरी कामले घर बाहिर जाँदा उनले आफ्नो आवाज, अनुहार र शरीरलाई सार्वजनिक हुन दिनुहुँदैन भन्ने नयाँ कानुनमा उल्लेख छ ।
तालिबानले सदाचार प्रवर्द्धन गर्न र दुराचार निर्मूल गर्न नयाँ कानुन ल्याएको दाबी गरेको छ ।

तर संयुक्त राष्ट्रसङ्घले नयाँ तथाकथित सदाचार र दुराचारसम्बन्धी प्रतिबन्धहरू भन्दै निन्दा गरेको छ । शरिया कानुनमा आधारित भई अफगान मन्त्रालयले यस अघिदेखि नै नैतिक आचरणसम्बन्धी नियमहरू लागु गराउँदै आएको छ । एजेन्सीहरु





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School