निर्वाचनको मिति कानुनमै तोक्ने तयारी



प्रकाशित मिति : पुस २५, २०८१ बिहीबार

निर्वाचनको मिति कानुनमै तोकिने गरी तयारी भएको छ ।

निर्वाचन आयोगका आयुक्त डा जानकीकुमारी तुलाधरले निर्वाचन मिति कानुनमै तोकिने गरी संशोधन प्रक्रिया अघि बढेको जानकारी दिनुभयो ।

निर्वाचन आयोग नेपालले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उहाँले निर्वाचनको मिति कानुनमा उल्लेख भएमा समयमा निर्वाचन सम्पन्न हुने बताउनुभयो ।

आयुक्त डा तुलाधरले आगामी निर्वाचन २०८४ लाई लक्षित गरी आयोगले कानुन संशोधन प्रक्रियाअघि बढाएको जानकारी दिनुभयो ।

विधेयकको मस्यौदालाई गृह मन्त्रालयले सहमतिका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइसकेकाले संसदको आगामी अधिवेशनमा सूचीकरणमा परेको जानकारी आफूले प्राप्त गरेको उहाँले बताउनुभयो ।

आयोगले महिलाको प्रतिनिधित्व बढाउने खालको व्यवस्था गर्न लागेको जानकारी दिनुभयो ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School