उच्च सम्मानित व्यक्तित्व
भदौ २३ गते, २०८२ साल, सोमवारको दिन नेपालको इतिहासमा कहिले पनि क्षम्य हुन नसक्ने घटना घट्यो। प्रहरीले जता पायो उतै ताकेर प्रदर्शनकारीहरूमाथि गोली वर्षायो। कलिला विद्यार्थीको घाँटी, मुटु, छाती जताततै गोली लाग्न थाल्यो; ६ घन्टाको बीचमा १९ जनाको हत्या भयो। त्यो मृत्यु होइन, हत्या नै थियो। त्यो सत्ताको बर्बरता थियो। …