प्रकाशित मिति : मंसिर १२, २०८२ शुक्रबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गैर कानुनी आप्रवासनमाथि झनै कडा कदम चाल्ने चेतावनी दिएका छन् । उनले ‘तेस्रो विश्वका देशहरू’बाट हुने आप्रवासनलाई स्थायी रूपमा रोक्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले अमेरिकाको ‘‘शरणार्थी बोझ’’ असह्य बन्दै गएको दाबी गर्दै आप्रवासीविरुद्ध कडा नीति अघि बढाउने सङ्केत दिए ।
ट्रम्पको उक्त प्रतिबद्धता वाशिङ्टन डीसीमा गरिएको गोलीकाण्डमा घाइते अमेरिकी नेशनल गार्ड सदस्यको मृत्यु घोषणापछि आएको हो। उक्त घटनाका लागि एक अफगान नागरिकलाई दोषी ठहर गरिएको छ।
राष्ट्रपतिले कुन–कुन देश प्रतिबन्धको दायरामा पर्न सक्छन् भन्ने खुलाएका छैनन्। तर, यस्तो योजनाले अमेरिकी कानुन अनुसार गम्भीर चुनौतीको सामना गर्न सक्ने विशेषज्ञहरूको आकलन छ। संयुक्त राष्ट्र सङ्घका निकायहरूले पनि ट्रम्पको भनाइप्रति चासो र आपत्ति जनाएका छन्।
बुधबारको घातक आक्रमणपछि ट्रम्पले आप्रवासनबारे आफ्नो कठोर धारणा पुनः दोहोर्याएका हुन् । उनले गैर कानुनी रूपमा प्रवेश गरेका आप्रवासीहरूको सामूहिक निष्कासन, वार्षिक शरणार्थी कोटा तीव्र रूपमा घटाउने र अमेरिकन भूमिमा जन्मिएका सबैलाई स्वतः नागरिकता प्रदान गर्ने प्रचलन अन्त्य गर्नेतर्फ सङ्घीय निकायहरूलाई अघि सारिरहेका छन्।
बुधबारकै दिन अमेरिकाले अफगान नागरिकहरूको सबै आप्रवासन प्रक्रिया पुनरावलोकन नहुन्जेल निलम्बन गरेको घोषणा गरेको थियो।
अर्को कदमका रूपमा अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (यूएससीआइएस)ले १९ देशका नागरिकलाई जारी गरिएका ग्रीन कार्डहरू पुनः परीक्षण गरिने बताएको छ। एजेन्सीले यसबारे विस्तृत कारण नबताए पनि सूचीमा अफगानिस्तान, क्युबा, हाइटी, इरान, सोमालिया र भेनेजुएलासहितका देश रहेको बताइएको छ ।
ट्रम्पले बिहीबार राति सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत अर्को कडा घोषणा गर्दै गैर–नागरिकलाई दिइँदै आएका सबै सङ्घीय सुविधा तथा अनुदान अन्त्य गरिने बताएका छन्। यस्तो कदमले अमेरिकी प्रणालीलाई पूर्ण रूपमा पुनर्स्थापित गर्दै अमेरिकीहरूको जीवनस्तर बचाउने उनको दाबी छ ।
उनले सोमालियाबाट आएका शरणार्थीहरूले मिनेसोटा राज्यमा सामाजिक अव्यवस्था फैलाइरहेको दाबीसमेत गरे।
संयुक्त राष्ट्र सङ्घले ट्रम्पको अभिव्यक्तिलाई अन्तर्राष्ट्रिय शरणार्थी सम्झौताका सिद्धान्त विपरीत भएको बताउँदै अमेरिकालाई आफ्नो दायित्व पूरा गर्न आग्रह गरेको छ।
अमेरिकन इमिग्रेशन लयर एसोसिएसनका अध्यक्ष जेरेमी म्याककिनीले ट्रम्पको प्रतिक्रिया आप्रवासीहरूलाई दोष थोपर्ने प्रयास मात्र भएको बताएका छन्। उनका अनुसार वाशिङ्टनको आक्रमणको उद्देश्य अहिले पनि स्पष्ट छैन।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
उपहार प्रदान गर्न क्लीक गर्नुहोला
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
मासिक डोनेसन गर्न यहाँ क्लिक गर्नुहोस्
