भीडभाड हुने अड्डामा अधिकृत अभाव, नासु र खरिदारकै भर
१९ मंसिर, काठमाडौं । सरकारले दरबन्दी अनुसार कर्मचारी खटाउन नसक्दा कार्यबोझ उच्च भएका विभिन्न सरकारी कार्यालयसहित स्थानीय तहहरू समेत समस्यामा छन् । सिंहदरबारसहित काठमाडौं र सुगम क्षेत्रका विभिन्न सरकारी कार्यालयमा दरबन्दीबमोजिम नै कर्मचारी उपलब्ध छन् । तर, बढी भीडभाड हुने, जनताले दैनिक सेवा लिनुपर्ने र दुर्गम क्षेत्रमा रहेका सरकारी कार्यालयले …