सुशासनका लागि संरचनात्मक शल्यक्रिया
सुशासन कुनै पनि मुलुकको अग्रगमनका लागि अनिवार्य शर्त हो । सुशासन केवल सेवा प्रवाह र भ्रष्टाचारसँग जोडिएको विषय मात्र हैन । यसले राज्य सञ्चालनको तौरतरिका, राज्यको निर्णय प्रक्रियामा जनताको सहभागिता, राज्यका संरचना र तिनको क्रियाशीलता, कानूनको परिपालना र न्यायमा जनताको पहुँच, जनतालाई उपलब्ध छनोटको अवसर र सुरक्षित जीविकोपार्जन, राज्यको शासकीय …