यिनै तरमाराहरूका लागि थियो भुइँमान्छेको बलिदान ?
१० वर्षअघि नेपालको संविधान जारी हुँदा संविधानसभा अध्यक्ष सुवास नेम्बाङले एउटा गहिरो वाक्य बोलेका थिए : संविधानले शासन पद्धतिको सिद्धान्त तय गर्छ; तर बुद्धि, विवेक र क्षमता भने बाँड्दैन । राम्रो कार्यान्वयनका लागि नेतृत्वले विवेकशील भई क्षमता देखाउनुपर्छ । संविधान जारी भएको १० वर्ष बित्दा हाम्रा नेताहरूले आफैंतिर फर्केर सोधून्, के त्यो बुद्धि, विवेक …