विद्यालय पोषण कार्यक्रम र शिक्षा प्रणाली सुधार
शिक्षकहरू भित्र विद्यालयको क्यान्टिनमा चिउरा–तरकारी वा यस्तै खाजा खाइरहेका हुने । विद्यार्थी बाहिर बास्ना सुँघेर थुक निल्दै र भोकले रन्थनिंदै हिंड्नुपर्ने । अझै पनि धेरै ठाउँमा स्कूले बालबालिकाले यस्तो भोग्नु परिराखेको छ । पहाडी र हिमाली भेगमा कतिपय विद्यार्थी आजसम्म पनि १/२ घण्टा हिंडेर स्कूल पुग्छन् । स्कूलमा ‘एसेम्बली’ सकेर …