धार्मिक आवरणमा विजय कृष्णमूर्तिको शृङ्खलाबद्ध ठगी
२९ माघ, काठमाडौं । आगामी वैशाखदेखि पोखरामा कोटीहोम गर्ने भनेका बालयोगेश्वर विजय कृष्णमूर्ति भनिने विजय भण्डारी फेरि विवादमा तानिएका छन् । शृङ्खलाबद्ध ठगीका आरोपमा मुछिएका मिलापत्रमा मुद्दा टुंग्याएका भण्डारीले महायज्ञका लागि भन्दै पोखराका सडक तथा ऐतिहासिक चौतारीमा रहेका रुखबिरुवाका हाँगाबिँगा काटेपछि विवादमा तानिएका हुन् । चौतर्फी प्रश्न उठेपछि पोखरा महानगरपालिकाले …