लाइटहाउस अडिसी
आकाश जोडिएको महासागरको क्षितिजबाट बेजोडले बगेर आएको हावा र छालले खिइँदै गरेको बालुवाको ढिस्कोलाई बेस्सरी हानेपछि बाँकी बसेको पानीको बुँद भित्ताभरि छरियो। लाइटहाउसको बाल्कोनीमा रेलिङ समातेर उसले हेरिरह्यो आकाश चिर्दै बटारिएर भित्ता र चट्टानमा ठोकिएको छालमाथि उडिरहेको सिगल। बादल तल छ आज, लाइटहाउसको गजुर छुनेगरी । फर्नेल लेन्सरुमको बाहिर उभिएर …