के हुँदै छ ब्रिक्समा ? ट्रम्पसँग किन आमनेसामने ?
२३ असार, काठमाडौं । ब्राजिलको ब्रासिलियामा भइरहेको ब्रिक्स शिखर सम्मेलनका एजेन्डाहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एक चेतावनीले ओझेलमा परेका छन् । ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकासहितका विकासशील मुलुकहरूको संगठन ब्रिक्सको सत्रौं शिखर सम्मेलन भइरहँदा अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकाविरोधी नीति लिनेमाथि १० प्रतिशत थप भन्सार लगाउने चेतावनी दिएका छन् …