भुइँमान्छेका पसिना, संघर्ष र साधनाको कथालाई मूलधारमा ल्याउनु हाम्रो दायित्व : अध्यक्ष भुसाल
२३ चैत, काठमाडौं । अनलाइनखबर डटकम (प्रालि) का अध्यक्ष धर्मराज भुसालले ५० प्रभावशाली महिला हरेकको कथा आफैंमा एउटा विश्वविद्यालय भएको भन्दै यी प्रभावशाली कर्मलाई इतिहासले सधैं सम्झने बताएका छन् । अनलाइनखबरले २०८२ सालका प्रभावशाली महिलाहरूको सूची सार्वजनिक गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष भुसालले महिलाहरूलाई ‘पीडित’, ‘निमुखा’ वा ‘सहयोगी’को …