एमाले-माओवादीको राजनीतिक टेकोमा दुर्गा प्रसाईंको अराजकता
८ असोज, काठमाडौं । नेपाल प्रहरीका अधिकारीहरुले गएको ५ चैतमा गृह प्रशासनको नेतृत्वलाई फोन गरेर दुर्गा प्रसाईंलाई पक्राउ गर्न ‘ग्रिन सिग्नल’ मागे । बैंकको ऋण तथा ब्याज तिर्नु पर्दैन भन्दै कालोमोसो अभियान चलाइरहेको पृष्ठभूमिमा प्रहरीले उनीमाथि निगरानी बढाएको थियो । त्यहिबेला प्रसाईंले सर्वोच्च अदालतका रजिष्टारलाई आफ्नो मुद्दा छिटो पेशीमा चढाउन …