एक देश, दुई राष्ट्रपति : तान्जानियाको राजनीतिक तानाबाना
सन् १८९६ अगस्ट २७ मा बेलायत र जांजिबार सुल्तान बीच भएको एङ्ग्लो–जांजिबार युद्ध इतिहासमा संसारकै सबैभन्दा छोटो युद्धका रूपमा चिनिन्छ। यो युद्ध जम्मा ४५ मिनेट मात्र चलेको थियो। सुल्तान हामद बिन थुवैनीको आकस्मिक मृत्युपछि उनका भतिज खालिद बिन बारघासले बेलायती स्वीकृति विना सत्ता कब्जा गरे। त्यतिबेला जांजिबार बेलायतको संरक्षकत्वमा रहेकोले …