अब धान रोप्दा पनि जलवायु मैत्री बनौं
जलवायु परिवर्तनले निम्त्याइरहेका विश्वव्यापी समस्याको सामना गर्न करीब दुई राष्ट्रका विज्ञहरू भर्खरै अजरबैजानको राजधानी बाकुमा सम्पन्न भएको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन कोप–२९मा भेला भएका छन्। यस वर्षको सम्मेलनमा गत वर्ष कोप–२८ मा चर्चा पाएको जलवायुजन्य हानि–नोक्सानी सम्बन्धी कोषको अवधारणा¸ आकार¸ स्रोत तथा कार्यान्वयन लगायत अनेकौं विषयमा छलफल भयो। विशेष रूपमा ‘क्लाइमेट फाइनान्स’ र ‘कार्बन क्रेडिट’ का विषयमा …