हेडक्वार्टरका भान्सेको युद्धकालीन सम्झना– मासु काट्न रुचाउँथे प्रचण्ड, खसी ढालेका दिन भान्सामा पस्थे
मंगलबार दिउँसोपख ललितपुर लबिम मल पल्लोपट्टि छङछङ गर्ने कृत्रिम पानीको फोहोरा वरपर कोही परालको गुन्द्रीमा बसेका थिए, कोही भुइँमा । कोही फोटो खिच्दै थिए त कोही चिया पिउँदै । पानीको फोहोरा छेवैमा बसेका एकजना कल्साउँरा अधबैंसेका आँखा भने मनपखेटाले बेलाबेला भुर्रभुर्र उड्थे । घरी शहरका अग्ला घरमा उक्लन्थे घरी लबिम …