प्रकाशित मिति : मंसिर १८, २०८२ बिहीबार

फोटो: डियोगो फागुन्डेस
आउँदो बर्षबाट न्युयोर्कमा गाडि चालकका लागि नियमहरुलाई थप रुपमा कडा बनाइँदैछ । न्युयोर्क मोटर भेइकल डिपार्टमेन्टले जनवरी २०२६ देखि कडा प्रावधानसहित सवारी नियम ल्याउने भएको हो ।
ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने योजनासहित ट्राफिक नियम उलंघनकर्तालाई कडा कारवाही हुने गरी मौजुदा नियममा परिवर्तन गरिएको छ । पोइन्ट सिस्टममा व्यापक परिवर्तन गरिएको छ भने यसअघि उलंघलनमा पोइन्ट नलाग्ने व्यवस्थामा पोइन्ट लाग्ने व्यवस्था गरिएको छ ।
न्युयोर्क मोटर भेइकल डिपाटमेन्टका अनुसार अब पोइन्ट सिस्टमलाई पनि कडा बनाइएको छ । अहिलेको ट्राफिक नियममा उलंघन भएपछि १८ महिनासम्म रेकर्डमा रहने प्रावधान थियो, यसलाई संशोधन गरेर २४ महिनासम्म ट्राफिक उलंघनका घटना रेकर्डमा राख्ने व्यवस्था गरिएको छ । यो परिवर्तनले लाइसेन्स निलम्बनको जोखिमलाई झनै बढाएको छ । हाल प्रचलनमा रहेको नियम अनुसार, १८ महिनाभित्र ११ पोइन्ट पुगेमा लाइसन्स निलम्बन हुने अवस्था थियो भने अब ल्याउन लागिएको व्यवस्थामा २४ महिनाभित्र १० पोइन्टमात्रै पुगेमा पनि लाइसन्स निलम्बनमा पर्न सक्नेछ ।
परिवर्तन गरिएको नियम अनुसार तीव्र गति १० माइल प्रतिघण्टासम्म भएमा ४ पोइन्ट दिइनेछ । हाल यसमा ३ पोइन्टमात्र पाइन्थ्यो । त्यस्तै गाडि चलाउँदा मोबाइलको प्रयोग गरेमा ६ पोइन्ट पाइन्छ । वर्तमान नियम अनुसार यो गल्तीमा ५ पोइन्ट थियो । पैदल यात्रीलाई बाटो काट्न नदिएमा ३ पोइन्ट उल्लेख हुनेमा त्यसलाई बढाएर नयाँ नियममा ५ पोइन्ट पुर्याइएको छ । लापरवाही ढंगले गाडी चलाउनेलाई ८ पोइन्टको कारवाही हुने व्यवस्था नयाँ नियममा छ । यसअघि ५ पोइन्टमात्रै पाइन्थ्यो । नजिकबाट पछ्याउनेमा पनि १ पोइन्ट वृद्धि गरिएको छ ।
वर्तमान सवारी नियममा सवारी नियम उलंघन गर्दा पोइन्ट नलाग्ने व्यवस्थालाई परिवर्तन गरी पोइन्ट दिइने प्रावधान ल्याइएको छ । जस अनुसार गैरकानुनी यूटर्नलाई २ पोइन्ट, गाडीका उपकरण सम्बन्धी उल्लंघन १ पोइन्ट, आपतकालीन सवारी साधनका लागि बाटो नछोड्ने३ पोइन्ट, यातायात अवरुद्ध गर्ने २ पोइन्टको कारवाही हुनेछ ।
सवारी नियमहरुमा गएको २० वर्षमा यस्ता परिवर्तनहरु भएका थिएनन् । नयाँ नियमले पोइन्टहरु लाइसेन्स निलम्बनको सिमानजिक छिट्टै पुग्ने अवस्था रहनेछ । लामो समयसम्म गणना हुने र थोरै १० पोइन्टमै लाइसन्स निलम्बन गर्न सकिने प्रावधानका कारण गाडि चालकहरुलाई बेफाइदा पुग्ने देखिएको छ । पोइन्ट सिस्टममा गरिएको यो महत्वपूर्ण परिवर्तनले न्युयोर्कमा सवारी सुरक्षालाई व्यवस्थित बनाउने उद्धेश्य राखेको न्युयोर्क मोटर भेइकल डिपाटमेन्टले जनाएको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
उपहार प्रदान गर्न क्लीक गर्नुहोला
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
मासिक डोनेसन गर्न यहाँ क्लिक गर्नुहोस्
