केबलकारका पायोनियर, एक क्रान्तिकारी र साहसी
पृथ्वी राजमार्गमा यात्रा गर्दा कुरिनटार नजिक पारिपट्टि पहाडमा साना साना बाकस तल-माथि गर्दा धेरैले अचम्म मान्थे । बिजुलीको तारमा झुण्डिएर तल-माथि गर्ने त्यो डिब्बामा मनकामना मन्दिर जाने-आउने भक्तजनहरू हुन्थे । धेरैले जीवनकालमा एक पटक केबलकार चढ्ने रहर साँचेका हुन्थे । हिजोआज त नेपालमा केबलकार सर्वसुलभ भइसक्यो । काठमाडौंको चन्द्रागिरि, नवलपरासीको …