केपी-विद्या : बिझाउन थाले ‘लालगेडी’
१३ भदौ, काठमाडौं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार साँझ काठमाडौं उपत्यकाका नेताहरूसँग बालुवाटारमा भएको छलफलमा विद्या भण्डारीबारे टिप्पणी गर्ने क्रममा ‘लालगेडी’ को बिम्ब प्रयोग गरे । ‘लालगेडी’ नापतौल प्रणालीअनुसार सुन तौलँदा प्रयोग गरिने मापक वस्तु हो । यो मिहिन ढंगले फलेको कालो थोप्लो भएको ‘सुन्दर गेडी’ …