गाजा युद्धविराम : तीन इजरायली बन्धक र ३६९ प्यालेस्टिनी कैदी रिहा गर्ने तयारी



प्रकाशित मिति : फाल्गुन ३, २०८१ शनिबार

गाजाका लडाकूहरूले इजरायली हिरासतमा रहेका ३६९ प्यालेस्टिनीहरूको बदलामा शनिबार तीन इजरायली बन्धकहरूलाई रिहा गर्ने तयारी गरेका छन् ।

इजरायल र हमासले आपसमा जनवरी १९ को युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै आएका छन् । युद्धविराम उल्लङ्घन गरेको आरोपमा प्यालेस्टिनी लडाकू समूह हमासले रिहाई रोक्ने बताएको थियोभने इजरायलले गाजा पट्टीमा युद्ध पुनः सुरु गर्ने चेतावनी दिएको थियो । तर, मध्यस्थकर्ताको व्यापक पहलपछि उनीहरूले बन्धक तथा कैदी आदानप्रदान प्रक्रियालाई निरन्तरता दिने र शनिबार छैठौँ समूहलाई रिहा गर्ने बताएका छन् ।

दुवै पक्षले शनिबारका लागि तय गरिएको बन्धक रिहाइ अघि बढ्ने सङ्केत शुक्रबार दिएका थिए ।

गाजा युद्धविराम : तीन इजरायली बन्धक र ३६९ प्यालेस्टिनी कैदी रिहा गर्ने तयारी

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि गाजाका लडाकुले कब्जामा लिएका अमेरिकी मूलका इजरायली सागुइ डेकेल–चेन, रूसी मूलका इजरायली साशा ट्रुपानोभ र अर्जेन्टिनी मूलका इजरायली याइर होर्नलाई रिहा गर्न लागिएको हो ।

प्यालेस्टाइनी प्रिजनर्स क्लब एडभोकेसी ग्रुपका अनुसार इजरायलले बदलामा ३६९ जना कैदीलाई रिहा गर्ने र तीमध्ये २४ जनालाई इजरायलबाहिर पठाउने अपेक्षा गरिएको छ ।

समूहका अनुसार तीमध्ये अधिकांश ३३३ जना गाजा पट्टीका कैदीहरू हुन् जसलाई अक्टोबर ७ पछि गिरफ्तार गरिएको थियो।

कमजोर युद्धविरामलाई तोडिने विन्दुमा पु¥याएको जस्तो देखिएको सङ्कटपछि हमासले शुक्रबार युद्धविरामको दोस्रो चरणको वार्ता अर्को हप्ताको सुरुमा सुरु हुने अपेक्षा गरेको बताएको छ ।

इजरायलको शीर्ष समर्थक र युद्धको समयमा मध्यस्थता प्रयासमा संलग्न अमेरिका र यसका विदेशमन्त्री मार्को रुबियो गाजा युद्धविरामको बारेमा नेतन्याहूसँग अपेक्षित वार्ताअघि शनिबार अबेर इजरायल आइपुग्नुहुनेछ ।

गाजा युद्धविराम : तीन इजरायली बन्धक र ३६९ प्यालेस्टिनी कैदी रिहा गर्ने तयारी

मुक्त इजरायली बन्धकहरूको दयनीय अवस्थाले कैदको अवस्थाको बारेमा चिन्ता उत्पन्न गरेको गत हप्ताको रिहाइले इजरायल र बाहिर पनि आक्रोश फैलाएको थियो।

इजरायली मूलका अमेरिकी बन्धक कीथ सिगेलले आफू बन्धक हुँदा आफू ‘भोकै बसेको र शारीरिक र भावनात्मक रूपमा यातना दिइएको’ बताउनुभएको थियो ।

केही कैदीहरूलाई रिहा गर्दा उपचारको आवश्यकता परेपछि इजरायली हिरासतमा रहेका प्यालेस्टिनीहरूबारे पनि चिन्ता व्यक्त गरिएको थियो ।

दोस्रो चरण 

कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा भएको युद्धविराम सम्झौताको ४२ दिने पहिलो चरणको शर्तअनुसार दोस्रो चरणका लागि फेब्रुअरी ३ देखि वार्ता सुरु हुने तय भएको थियो ।

नेतन्याहूले केही दिनपछि दोहामा वार्ताकारहरू पठाउनुभएको थियो तर प्रतिनिधिमण्डललाई युद्ध अन्त्यको दिशामा कदम हरू तय गर्नको लागि दोस्रो चरणको छलफल गर्न अधिकार दिइएको थिएन ।

हमासका अधिकारी ताहेर अल–नुनुले शुक्रबार एएफपीसँग भन्नुभयो, “हामीले दोस्रो चरणको युद्धविराम वार्ता अर्को हप्ताको सुरुमा सुरु हुने अपेक्षा गरेका छौँ।”

वार्ताबारे जानकार अर्को स्रोतले एएफपीलाई भन्यो, “मध्यस्थहरूले हमासलाई अर्को हप्ता दोहामा दोस्रो चरणको वार्ता सुरु हुने आशा गरेको जानकारी दिएका छन्।”

सन् २०२३ को अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणमा परी एक हजार २११ जनाको मृत्यु भएको इजरायलको आधिकारिक तथ्याङ्कमा उल्लेख छ ।

हमास लगायत इस्लामिक लडाकूहरूले २५१ जनालाई बन्धक बनाएका थिए। ती बन्धकमध्ये अधिकांश मुक्त भइसकेका छन् भने उनीहरूमध्ये ७३ जना गाजामा रहेका छन् । गाजामा रहेका भनिएका उनीहरूमध्ये ३५ जनाको मृत्यु भएको इजरायली सेनाले जनाएको छ।

इजरायलको जवाफी कारबाहीमा गाजामा कम्तीमा ४८ हजार २३९ जनाको मृत्यु भएको छ, जसमध्ये अधिकांश सर्वसाधारण रहेको संयुक्त राष्ट्रसङ्घले विश्वासिलो मानेको हमासद्वारा सञ्चालित क्षेत्रको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।





Source link

Leave a Comment