संसदीय समितिमा ५२ पदाधिकारीको नियुक्ति र सरिरहेको पेसीको चर्चा
४ माघ, काठमाडौं । करिब चार वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी ल्याएको अध्यादेशको बलमा संवैधानिक परिषद्ले विभिन्न संवैधानिक आयोगमा ५२ पदाधिकारी नियुक्तिको सिफारिस गरेको थियो । प्रधानमन्त्री ओलील प्रतिनिधिसभा भंग गरेकाले संसद्विहीन अवस्थामा उनीहरूको संसदीय सुनुवाइ हुन सकेन । तर, सिफारिसको ४५ दिन कटेपछि संसदीय सुनुवाइ नभए …