उच्चस्तरीय समितिको सुझाव- प्राज्ञिक केन्द्र बनाऔं, आर्थिक भार नथोपरौं
४ चैत, सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतको स्तरोन्नति सम्बन्धमा अध्ययन गर्न बनेको उच्चस्तरीय अध्ययन समितिले आफ्नो प्रतिवेदन प्रदेश सरकारलाई बुझाएको छ । प्रा.डा. भगवान कोइरालाको नेतृत्वमा गठित ६ सदस्यीय टोलीले आइतबार कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलसमक्ष प्रतिवेदन बुझाएको हो । प्रदेश अस्पताललाई कहिले प्रतिष्ठान त कहिले शिक्षण अस्पताल बनाउने चर्चा/परिचर्चा …