आखिर यो कथा कसको लागि ?
संघर्षबाट थकित, कर्तव्य र सपनाको भारबाट अर्धमूर्छित हामी शहरबासी मुक्ति/उन्मुक्तिको हावामा सास फेर्न आतुर भएका बखत के गर्छौं ? सायद प्रवेश गर्छौं– कल्पनाको तिलस्मी संसारमा । त्यो संसार सायद सिनेमा हुनसक्छ वा हुनसक्छ कहिलेकाहीँ कन्सर्ट । त्यो हुनसक्छ– टेलिभिजनका गुलाबी पर्दामा आउने रियालिटी सो, फुटबल, क्रिकेट, ब्यूटी पजेन्ट पनि वा …