कहर

कहर

बाबाको बूढो एट्लस साइकल चलाएर रूपेश मामाघर गएकी आफ्नी दुई वर्षकी सानी बैनीलाई लिन गइरहेको थियो। साइकल ऊ भन्दा निकै ठूलो थियो। त्यसैले सिटमा बसेर साइकल चलाउने त ऊ कल्पना मात्र गर्न सक्थ्यो। यद्यपि कैंची हानेर भने ऊ मजाले साइकल हाँक्न सक्थ्यो। त्यसरी हाँक्दा ऊ पूरै पाउदानी घुमाउन सक्दैनथ्यो। एउटा …

Read more

ट्रु कलर

ट्रु कलर

सन्तोष साह गाउँकै जमिन्दार र साहु-महाजनमा गनिने फुलेश्वर साहका एक मात्र छोरा थिए। कक्षा १० सम्म गाउँकै बोर्डिङ स्कुलमा पढेका उनी काठमाडौंबाट १०+२ को पढाइ सकेर भारतको हैदरावादको एउटा प्रतिष्ठित विश्वविद्यालयमा इन्जिनियरिङ पढ्न थालेका थिए। यता गाउँमा सन्तोषको मनग्य खेत थियो र खेतीपातीमा सन्तोषका बुवा आफैं खुबै रुचि राख्थे। खेतीपातीको …

Read more

एक्ली आमा

एक्ली आमा

‘आमा यता’ दुई जना अधबैंसे युवक बूढीआमालाई माया गरेर डोर्‍याउँदै मेरो पछाडि उभिन आइपुगे । आमाका वरिपरि अरू चार–पाँच जना अधबैंसेहरू पनि थुप्रिए । छोराहरूले बूढीआमालाई माया गरेर डोर्‍याएको देखेर मलाई रमाइलो लाग्यो । आफ्नी स्वर्गीय आमाको सम्झना आयो । बूढीआमालाई हेरिरहें । बूढीआमाले हरियो साडी, पहेंलो चोलो लगाएर कम्मरमा …

Read more

प्रेम या डर ?

प्रेम या डर ?

किन उनीसँग मलाई डर लाग्छ ? किन उनीसँग मलाई ‌हरकुरा सोध्न मन लाग्छ। लाग्छ, मेरो जीवनको हर ‌हिसाबको सबैभन्दा उत्तम निर्णय ऊ गर्न सक्छे। तर उसले बारम्बार भनेकी छे, “मलाई थाहा छैन ।‌ तपाईंले नै विचार गर्नुस न ‌! आफ्नो कुरा ‌सबैभन्दा बढी ‌आफैंलाई थाहा हुन्छ। कुरो ‌सबैको सुन्ने हो। निर्णय आफूले …

Read more

चुनाव

चुनाव

निर्वाचन मनोनयन दर्ता गर्ने दिन बिहान नौ बजे। उसको नाम हुतराम। संभवत: जसरी युधिष्ठिर, धृतराष्ट्र जस्ता नामहरू अहिले सुन्न पाइँदैन, हुतराम पनि छिट्टै सुन्न नपाइने नाम हुनेछ होला। तर उसको हजुरबाको लागि यो नाम प्रिय थियो। नाति जन्मने वित्तिकै उनले यो नाम प्रस्ताव गरेका थिए र सबैले चाइँचुइँ नगरी मानेका …

Read more

लाइटहाउस अडिसी

लाइटहाउस अडिसी

आकाश जोडिएको महासागरको क्षितिजबाट बेजोडले बगेर आएको हावा र छालले खिइँदै गरेको बालुवाको ढिस्कोलाई बेस्सरी हानेपछि बाँकी बसेको पानीको बुँद भित्ताभरि छरियो। लाइटहाउसको बाल्कोनीमा रेलिङ समातेर उसले हेरिरह्यो आकाश चिर्दै बटारिएर भित्ता र चट्टानमा ठोकिएको छालमाथि उडिरहेको सिगल। बादल तल छ आज, लाइटहाउसको गजुर छुनेगरी । फर्नेल लेन्सरुमको बाहिर उभिएर …

Read more

बाको छाता हरायो

बाको छाता हरायो

खुइ्यय ! लामो सुस्केरा हाल्दै बा खाटमा बस्नुभयो । बाको अनुहार मलिन थियो । केही बोल्नुभएन । गम्छाले पसिना पुछ्नुभयो ।‘बा ! के भयो ?’ हाम्रो अगाडि सधैं हँसिलो देखिनुहुने बाको अनुहार मलिन देखेर मैले अत्तालिंदै सोधें । ‘केही भएको छैन’ बा सुस्तरी बोल्नुभयो । चश्माको सेतो सिसाबाट मैले बाको …

Read more

इन्टर्न

इन्टर्न

जागिरमा त्यो दिन व्यस्तताले गाँजेको थियो मलाई। अफिसमा भेट्न आउने मान्छेहरूको घुइँचोले गर्दा मिटिङ पछि मिटिङ चलिरहेको थियो। त्यस्तो व्यस्तताको बावजुद बेला–बेलामा इमेल चेक नगरी धरै थिएन। अलिकति फुर्सद हुनासाथ कहिले कम्प्युटर र कहिले फोनबाट इमेल चेक गरेर जवाफ पठाइरहेको थिएँ। मेरो अफिसमा इमेलको जवाफ तुरुन्तै नदिए हाकिम वा आफू …

Read more

आखिर यो कथा कसको लागि ?

आखिर यो कथा कसको लागि ?

संघर्षबाट थकित, कर्तव्य र सपनाको भारबाट अर्धमूर्छित हामी शहरबासी मुक्ति/उन्मुक्तिको हावामा सास फेर्न आतुर भएका बखत के गर्छौं ? सायद प्रवेश गर्छौं– कल्पनाको तिलस्मी संसारमा । त्यो संसार सायद सिनेमा हुनसक्छ वा हुनसक्छ कहिलेकाहीँ कन्सर्ट । त्यो हुनसक्छ– टेलिभिजनका गुलाबी पर्दामा आउने रियालिटी सो, फुटबल, क्रिकेट, ब्यूटी पजेन्ट पनि वा …

Read more

देवी प्रतिभा जी भन्नुहुन्छ, प्यार से बोलो ना !

देवी प्रतिभा जी भन्नुहुन्छ, प्यार से बोलो ना !

कथाबाहेक संसारमा अर्थोक केही छैन । मान्छे यस्तो प्राणी हो, जो आफ्नो पक्षधरता अनुसारका कथा सुन्न मन पराउँछ । साम्यवादको कथा, उदारवादको कथा, भूमण्डलीकरणको कथा, टिनाको कथा, निटाको कथा । टिना अर्थात् देयर इज नो अल्टरनेटिभ । पूँजीवाद निर्विकल्प छैन भन्ने मार्गरेट थ्याचरको ‘टिना’ कथा । पुँजीवादभन्दा अर्को पनि विश्व …

Read more