गुमनाम शिखर धवनहरू
अंकल ! अंकल ! ढोका खोल्नु न । यो चिरपरिचित आवाज छिमेकीको छोरो निसमको थियो । निसमको घरमा अहिले बेग्लै रौनक छ । निसमको दादा सिसम नेपाल प्रिमियर लिग (एनपीएल) खेल्दैछ । केही वर्षदेखि लगातार नेपालको राष्ट्रिय टिममा पर्दै आएका सिसमलाई एनपीएलको एउटा टिमले मार्की खेलाडीको रूपमा भित्र्याएको छ । …