निजामतीमा इन्जिनियरिङ सेवाका सचिव थप्न तीव्र लबिङ
५ भदौ, काठमाडौं । निजामती कर्मचारीको नेपाल इन्जिनियरिङ सेवाका वरिष्ठ सहसचिवहरुले पछिल्लो समयमा राजनीतिक भेटघाट तीव्र पारेका छन् । खुला रुपमै भइरहेका यस्ता भेटघाटको मुख्य उद्देश्य हो, इन्जिनियरिङतर्फ सचिवको दरबन्दी थप्न दबाब दिनु र आफूहरुमाथि कसरी अन्याय भएको छ भन्नेबारे बताउनु । अहिले निजामती सेवामा इन्जिनियरिङ सेवाभित्र १५ वटा समूह …