घरमा एक्लै बस्ने वृद्धवृद्धा मारिने क्रम बढ्यो, सम्पत्ति लुटपाट मुख्य उद्देश्य
२५ माघ, काठमाडौं । भक्तपुर नगरपालिका–३ इच्छुगल्लीकी वृद्धा विष्णुकुमारी त्वयना २८ कात्तिक २०८१ साँझ साढे ५ बजेतिर घरभित्रै हातखुट्टा बाँधिएको अवस्थामा मृत भेटिइन् । उमेरले ९४ वर्ष पुगिसकेकी विष्णुकुमारीका ६ छोराछोरी (४ छोरा, २ छोरी) अंशबन्डा भएर छुट्टाछुट्टै बस्थे । उनी भने इच्छुगल्लीमा एक्लै बस्थिन् । खाना बनाउने, कपडा धुने …