होल्डिङ सेन्टरका सुकुमवासीको चिन्ता : २५ हजार लिएर पाँच दिनपछि कहाँ जाने ?
९ असार, काठमाडौं । मंगलबार दिउँसोतिर अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका एक अधिकारी किर्तिपुरस्थित होल्डिङ सेन्टर पुगे । बाहिर सुकुमवासीलाई पाँच दिनभित्र होल्डिङ सेन्टर छाड्ने सूचना टाँसेर भित्र छिरेका उनले ज-जसलाई भेटे, बस्ती छाडेर जानुपर्ने बताए । ‘हाम्रो साता-आठ वटा टिम बनाएको छ । म आफैँ अध्यक्ष तपाईंहरूको …