Sale!

Bee Pollen(100gm)

Original price was: ₨ 2,160.00.Current price is: ₨ 1,980.00.

Bee Pollen (मौरीको कुट)

Bee Pollen मौरीले फूलबाट संकलन गर्ने प्राकृतिक पोषक पदार्थ हो। यसमा प्रोटिन, भिटामिन, मिनरल, एमिनो एसिड तथा एन्टिअक्सिडेन्ट पाइन्छ, त्यसैले यसलाई पौष्टिक Natural Supplement का रूपमा प्रयोग गरिन्छ। Read more

Bee Pollen सम्भावित फाइदाहरू:

  • ⚡ ऊर्जा र स्फूर्ति बढाउन सहयोग
  • 💪 शरीरलाई आवश्यक पोषण प्रदान गर्न सहयोग
  • 🛡️ प्रतिरक्षा प्रणालीलाई सहयोग
  • 🍽️ पाचन स्वास्थ्यमा सहयोग
  • ❤️ मुटु तथा समग्र स्वास्थ्यका लागि पोषण
  • ✨ छाला तथा शरीरको सामान्य स्वास्थ्यमा सहयोग

सेवन: उत्पादनमा दिइएको निर्देशन वा स्वास्थ्य विशेषज्ञको सल्लाहअनुसार सेवन गर्नुहोस्।

⚠️ सावधानी: मौरीजन्य पदार्थ वा परागकणबाट एलर्जी हुने व्यक्तिले विशेष सावधानी अपनाउनुपर्छ। मधुमेह वा अन्य स्वास्थ्य समस्या भएमा विशेषज्ञसँग सल्लाह लिनुहोस्।

नोट: बि–पोलन औषधि होइन; यो प्राकृतिक पोषक आहार/सप्लिमेन्ट हो।

Category:

Description

Bee Pollen (मौरिको कुट) प्रकृतिमा पाइने एक अद्वितीय र विशिष्ट प्रकारको ‘सुपर फुड’ हो। मौरीले विभिन्न फूलका पुकेश्वर (पुरुष बीज) र महको रस संकलन गरी आफ्ना युवा मौरीहरूलाई खुवाउनका लागि यो तयार पार्दछ। यसलाई मानव शरीरका लागि आवश्यक सम्पूर्ण भिटामिन, मिनरल र २० प्रकारका एमिनो एसिडहरू पाइने पूर्ण खाद्य वस्तु मानिन्छ। यसमा करिब ४० प्रतिशतभन्दा बढी प्रोटिनको मिश्रण हुन्छ।

पोलन (कुट) सेवनका फाइदाहरू:

  • शक्ति र स्फूर्ति: यसले शरीरको ऊर्जा (Energy) र स्टामिना बढाउन मद्दत गर्दछ।
  • पाचन र कलेजो: पाचन प्रक्रियालाई मजबुत बनाउनुका साथै कलेजोको कार्यक्षमतामा सुधार ल्याउँछ।
  • प्रजनन स्वास्थ्य: महिला तथा पुरुष दुवैमा प्रजनन क्षमताको विकास गर्न र प्रोस्टेट ग्रन्थीको स्वास्थ्य सुधार्न सहयोगी हुन्छ।
  • रोग प्रतिरोधात्मक क्षमता: इम्युनिटी सिस्टमलाई मजबुत बनाउँछ र रगतका सेलहरू (Blood Cells) वृद्धि गर्न मद्दत गर्दछ।
  • श्वासप्रश्वास र एलर्जी: श्वासप्रश्वास प्रणालीको रक्षा गर्छ र एलर्जीसँग लड्न सहायता पुर्‍याउँछ।
  • तौल र छाला: शरीरको तौल नियन्त्रण गर्न र छालालाई नरम एवं स्वस्थ राख्न प्रभावकारी मानिन्छ।
  • मुटुको स्वास्थ्य: कार्डियोभास्कुलर (मुटु र रक्तनली) प्रणालीमा सुधार ल्याउँछ।
  • क्यान्सर रोकथाम: यसमा हुने एन्टिअक्सिडेन्ट गुणले क्यान्सरको जोखिम कम गर्न मद्दत गर्दछ।

सेवन गर्ने विधि:

यसलाई दुई तरिकाले सेवन गर्न सकिन्छ:

क्याप्सुलको रूपमा:

  • सामान्य स्वास्थ्यका लागि: बिहान र बेलुकी १–१ क्याप्सुल।
  • स्वास्थ्य समस्या भएमा: बिहान र बेलुकी २–२ क्याप्सुल।
  • जटिल अवस्थामा: बिहान र बेलुकी ३–४ क्याप्सुल वा विज्ञको सल्लाह अनुसार।

प्राकृतिक धुलो/दानाको रूपमा:

  • खाली पेटमा एक चिया चम्चा पोलन मुखमा राखेर र्‍यालले राम्ररी भिजाएर बिस्तारै निल्ने।
  • दिनको दुई पटक, एक चिया चम्चा ।
Translate »