राज्य चरित्रको पुनर्संरचना हुन अझै बाँकी: राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले राज्यको प्रशासनिक रुपमा पुनर्संरचना भएपनि राज्यको चरित्रको पुनर्संरचना हुन बाँकी रहेको बताएका छन्। शनिबार महोत्तरीको मटिहानीमा शहीद केशव कोइरालाको प्रतिमा अनावरण पश्चात् मटिहानी नगरपालिकाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन्। ‘हामीले प्रशासनिक रुपमा राज्यको पुनर्संरचना गर्यौँ तल्लो भन्दा तल्लो तहमा रहेका जनताको पहुँचमा …