तपाईको एसाइलम गतबर्षको अक्टोबर १ अघिदेखि पेन्डिङ छ? तुरुन्तै तिर्नुपर्छ १ सय डलर शुल्क



प्रकाशित मिति : आश्विन १३, २०८२ मंगलबार

तपाईको एसाइलम गतबर्षको अक्टोबर १ अघिदेखि पेन्डिङ छ? तुरुन्तै तिर्नुपर्छ १ सय डलर शुल्क

के अमेरिकामा तपाईको एसाइलम आवेदन गतबर्षको अक्टोबर १ भन्दा अघिदेखि पेन्डिङ अवस्थमा रहेको छ ? यदि तपाईले गतबर्षको अक्टोबर १ भन्दा अगाडि एसाइलम आवेदन दिनुभएको थियो र आज अर्थात् सेप्टेम्बर ३०, २०२५ सम्म पनि तपाईका आवेदन पेन्डिङ अवस्थामा नै छ भने तपाईले अब युएससीआईएसलाई १ सय डलर शुल्क तिर्नुपर्नेछ । यो १ सय डलरको वार्षिक एसाइलम शुल्क आवेदनके अनलाइनमार्फत भुक्तानी गर्नुपर्ने युएससीआईएसले जनाएको छ ।

जुलाईमा फेडरल रजिष्ट्ररमा प्रकाशित नियम अनुशार सने २०२४ को अब्टोबर १ यता एसाइलम पेन्डिङ रहेको १ बर्ष पूरा भइसकेका सबै आवेदकले यो शुल्क तिर्नुपर्नछ । अर्थात् यदि तपाईको आवेदन सन् २०२४ को अक्टोबर १ भन्दा अगाडि फाइल गर्नुभएको थियो र अहिलेसम्म पनि पेन्डिङ रहेको छ भने सेप्टेम्बर ३०, २०२५ मा एकबर्ष पूरा भइसकेको छ । तपाईले यो शुल्क तुरुन्तै तिर्नुपर्छ ।

तर यदि तपाईले सन् २०२४ को अक्टोबर १ पछिमात्र एसाइलम आवेदन दिनुभएको थियो र अहिलेसम्म पनि पेन्डिङ अवस्थामा छ भने आवेदन दिएको ३६५ दिनपछि १ सय डलर शुल्क तिर्नुपर्छ । उदाहरणका लागि तपाईले सन् २०२४ को नोभेम्बर १५ मा एसाइलम आवेदन दिनुभएको थियो र उक्त आवेदन २०२५ को नोभेम्बर १५ सम्म पनि पेन्डिङ अवस्थामा रह्यो भने तपाईले १ सय डलर बार्षिक शुल्क तिर्नुपर्नेछ ।

तपाईको एसाइलम गतबर्षको अक्टोबर १ अघिदेखि पेन्डिङ छ? तुरुन्तै तिर्नुपर्छ १ सय डलर शुल्क

तपाईको एसाइलम गतबर्षको अक्टोबर १ अघिदेखि पेन्डिङ छ? तुरुन्तै तिर्नुपर्छ १ सय डलर शुल्क

फेडरल रजिष्ट्ररको सूचनामा यसबारे थप प्रष्ट पार्दै भनिएको छ, “आर्थिक वर्ष २०२५ को सुरु अर्थात् अक्टोबर १, २०२४ वा सोभन्दा अघि युएससीआईएसमा दर्ता गरेका एसाइलम आवेदन र आवेदन आर्थिक वर्ष २०२५ को अन्त्य अर्थात् सेप्टेम्बर ३०, २०२५ सम्म पनि युएससीआईएसमा विचाराधीन रहेको अवस्थामा त्यस्ता कुनै पनि विदेशीले कानूनद्वारा निर्दिष्ट गरिएको आर्थिक वर्ष २०२५ को रकम तिर्नुपर्नेछ।”

“ती विदेशीहरूले युएससीआईएसमा आवेदन विचाराधीन रहँदासम्म प्रत्येक पछिल्ला वर्षको सेप्टेम्बर ३० मा पनि १ सय डलर शुल्क तिर्नुपर्नेछ। अक्टोबर १, २०२४ भन्दा अघि एक वर्षभन्दा बढी समयदेखि विचाराधीन रहेका निवेदनहरूको लागि आर्थिक वर्ष २०२५ भन्दा अघिका वर्षहरूमा विचाराधीन रहेको अवधिको लागि कुनै अतिरिक्त शुल्क आवश्यक पर्दैन,”  फेडरल रजिष्ट्रर सूचनामा भनिएको छ ।

सूचनामा थप प्रष्ट पारिएको छ,  “अक्टोबर १, २०२४ पछि एसाइलम आवेदन दर्ता गर्ने वा गरिसकेका कुनै पनि विदेशी जसको निवेदन ३६५ दिनसम्म युएससीआईएसमा विचाराधीन रहन्छ, उसले आफ्नो दर्ता मितिको एक वर्षको वार्षिकोत्सवमा र त्यसपछि प्रत्येक वर्षको सोही क्यालेन्डर दिनमा निवेदन विचाराधीन रहेसम्म शुल्क तिर्नुपर्नेछ।”

युएससीआईएसले जुलाई २२ देखि नयाँ एसाइलम आवेदनहरुका लागि पनि शुल्कहरू लागू गरिसकेको छ । आवेदकहरूले जुलाई २२, २०२५ वा त्यसपछि पोस्टमार्क गरिएका आवेदनहरुसँग यी नयाँ शुल्कहरू समावेश गनुपर्ने नियममा युएससीआईएसले एक महिनाको छुट अवधि पनि दिएको थियो । अब अगस्त २१, २०२५ वा त्यसपछि पोस्टमार्क गरिएका कुनै पनि फारमहरू सही शुल्कबिना पठाइएमा अस्वीकृत गरिने युएससीआईएसको चेतावनी दिएको छ ।

उक्त बार्षिक शुल्क युएससीआईएसमा अनलाइन एकाउन्ट बनाएर तिर्नुपर्नेछ । डेबिट कार्ड वा एसीएच प्रयोग गरेर उक्त शुल्क तिर्न सकिन्छ । तर अध्यागमन अदालतमा पेन्डिङ रहेका आवेदनहरुका सन्दर्भमा एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युको पेमेन्ट पोर्टलमार्फत तिर्न सकिनेछ । बार्षिक शुल्क कागजी चेकमार्फत भुक्तान गर्न नसकिने जनाइएको छ । यो नियमबाट तत्कालका लागि झण्डै १५ हजार नेपालीहरु प्रभावित हुने अनुमान गरिएको छ ।

तपाईको एसाइलम गतबर्षको अक्टोबर १ अघिदेखि पेन्डिङ छ? तुरुन्तै तिर्नुपर्छ १ सय डलर शुल्क





Source link

Leave a Comment