6 seconds ago, 16:40:53
अब लोडसेडिङको स्वचालित सूचना
विद्युत आपूर्ति बन्द भएमा स्वचालित रूपमा सूचना पाउने प्रणाली विकास गरिने ।
त्यसपछि प्राविधिकहरुलाई तत्काल मर्मतका लाग खटाइने ।
38 seconds ago, 16:40:21
हाइ अल्टिड्युड स्पोर्ट्स स्टेडियम बनाइने
सोलुखुम्बु लगायतका हिमाली क्षेत्रमा हाइ अल्टिड्युड स्पोर्ट्स स्टेडियम निर्माण गरिनेछ ।
2 minutes ago, 16:39:27
विद्यार्थीलाई सातामा २० घन्टा काम
विद्यार्थीलाई हप्तामा २० घन्टा काम गर्न दिइने सरकारले आगामी आर्थिक वर्षदेखि विद्यार्थीलाई सातामा २० घन्टा काम गर्न दिने भएको छ ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट मार्फत उद्यमशिहलता मौत्री शिक्षको प्रवर्द्धन गर्न विद्यार्थीलाई पनि काम गर्न दिने भएको हो ।
साथै सरकारले सेवाको प्रकृतिका आधारमा विद्यार्थीलाई सार्वजनिक निकायमा इनटर्नको व्यवस्था गरिने मन्त्री पौडेलले बताए ।
2 minutes ago, 16:39:17
राष्ट्रिय राजमार्गमा पर्ने सडक पुल निर्माण गर्न रु ३ अर्ब १८ करोड

4 minutes ago, 16:37:01
श्रम मन्त्रालयलाई ४ अर्ब २८ करोड
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि रु ४ अर्ब २८ करोड विनियोजन ।
4 minutes ago, 16:36:36
बजेटमा शिक्षा, के के छन् व्यवस्था ?
गुरुकुल, गुम्बा, मदरसा लगायतका परम्परागत शिक्षा पद्धतिको विषयगत र शैलीगत विशिष्टता संरक्षण र प्रवर्द्धन गरिने ।
राष्ट्रिय शैक्षिक सुधार कार्यक्रम अन्तर्गत तराई मधेशमा एक हजार ५००, पहाडमा एक हजार र हिमालमा ५०० भन्दा बढी विद्यार्थी संख्या रहेका विद्यालयको भौतिक पूर्वाधार निर्माणको लागि पुँजीगत अनुदान उपलब्ध गराइने ।
निर्माणाधीन नमूना विद्यालयको निर्माण कार्य सम्पन्न गरिने । यसका लागि रु २ अर्ब ७२ करोड विनियोजन ।
सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहयोगी कार्यकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक वापत संघीय सरकारबाट उपलब्ध गराइँदै आएको सशर्त अनुदान वृद्धि । यसका लागि रु १० अर्ब १६ करोड विनियोजन ।
००००
विद्यालयमा सेनेटरी प्याड वितरणलाई निरन्तरता दिई एक अर्ब २९ करोड विनियोजन । यसबाट १३ लाख छात्रा लाभान्वित हुने विश्वास ।
००००
कक्षा ५ सम्मका विद्यार्थीलाई उपलब्ध गराइने विद्यार्थीको दिवा खाजाको रकम वृद्धि गरी रु १० अर्ब १९ करोड विनियोजन । यसबाट २८ लाख विद्यार्थी लाभान्वित हुने विश्वास ।
००००
शिक्षा क्षेत्रका सशर्त अनुदानका कार्यक्रमलाई क्रमशः वित्तीय समानीकरण अनुदानमा रुपान्तरण गरिने छ । माध्यमिक शिक्षा परीक्षा (SEE) को सञ्चालन तथा व्यवस्थापन प्रदेश तहबाट गर्ने व्यवस्था मिलाइने छ ।
००००
अंग्रेजी, विज्ञान र गणित विषयको शिक्षक अभाव हुन नदिन विश्वविद्यालयका सहकार्यमा शिक्षक बैंकको स्थापना गरिने छ । स्नातक तह उत्तीर्ण विद्यार्थीलाई स्वयंसेवक शिक्षकको भूमिकामा परिचालन गरिने छ ।
5 minutes ago, 16:36:29
कलंकी, बसुन्धरा, धोबीखोला सडकखण्ड स्तरोन्नती गर्न रु १ अर्ब २४ करोड
काठमाडौं चक्रपथको कलंकी, बसुन्धरा, धोबीखोला सडकखण्ड स्तरोन्नती गर्ने कार्यलाई निरन्तरता दिन रु १ अर्ब २४ करोड विनियोजन । ।
5 minutes ago, 16:35:35
एनटीभी वर्ल्ड च्यानल र पीएसभी डिजिटल प्लेटफर्म सञ्चालन गरिने
सार्वजनिक सेवा प्रसारणको अन्तर्राष्ट्रिय पहुँच विस्तार गर्न एनटीभी वर्ल्ड च्यानल र पीएसभी डिजिटल प्लेटफर्म सञ्चालन गरिने छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि ७ अर्ब ७२ करोड र सबै खालका सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब ९ अर्ब विनियोजन
6 minutes ago, 16:35:05
पशु रोग नियन्त्रण गर्न बजेट
पशु रोग नियन्त्रण गर्न ५ करोड ५० लाख खोप उत्पादन गर्ने।
7 minutes ago, 16:34:28
कम्पनी दर्ता र बहिर्गमन अब एकलविन्दुबाट
कम्पनीको दर्तादेखि बहिर्गमनसम्मका सबै कार्य एकलविन्दुबाट सम्पादन हुने व्यवस्था मिलाइने छ । विशेष आर्थिक क्षेत्र र औद्योगिक क्षेत्रमा नयाँ उद्योग स्थापना गर्ने अनुमति प्राप्त उद्योगहरुलाई सुरुका तीन वर्षको भाडा छुट दिइने छ ।
7 minutes ago, 16:33:45
धातु र पत्थर उत्पादन र बजारीकरणमा ५० करोड
आधुनिक प्रविधिको प्रयोग गरी सुन, चाँदी, काँच, तामा, फलाम, छाला, काठ, पत्थर लगायतका सामग्री उत्पादन र बजारीकरण गरिने छ । त्यसका लागि पुँजीगत अनुदान, सहुलियतपूर्ण कर्जा र सिप विकास तालिम उपलब्ध गराउन रु ५० करोड विनियोजन गरिएको छ ।
सुनचाँदीको गहना निकासी गर्ने उद्योगलाई बण्डिड वेयर हाउसको सुविधा उपलब्ध गराइने छ । यस्ता उद्योगले निकासी मूल्यको न्यूनतम ५० प्रतिशत विदेशी मुद्रा अग्रिम भुक्तानी प्राप्त गरेमा सो रकम बराबरको सुनचाँदी खरिद गर्न सक्ने व्यवस्था मिलाइने ।
8 minutes ago, 16:33:06
भगत सर्वजित उद्यमशीलता विकास कार्यक्रम
रोजगारीका अवसर सिर्जना गर्न भगत सर्वजित उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गरिने छ ।
8 minutes ago, 16:32:50
सहकारी ठगीमा संलग्नको राहदानी र सम्पत्ति रोक्का
समस्याग्रस्त सहकारीका सन्चालक, पदाधिकारी र कर्जा अपचलनकर्ताहरुको सम्पत्ति एवम् राहदानी रोक्का राखिने ।
10 minutes ago, 16:31:09
दिवा खाजामा १० अर्ब १९ करोड, सेनिटरी प्याड निःशुल्क
सरकारले कक्षा ५ सम्मको विद्यार्थीको दिवा खाजा कार्यक्रको लागि १० अर्ब १९ करोड रकम विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलका अनुसार २८ लाख विद्यार्थी दिवा खाजामा समेटिने छन् ।
त्यसैगरी छात्राका लागि निःशुल्क सेनिटरी प्याडको व्यवस्था गरिएको उनले बताए । प्याडका लागि १ अबै २९ करोड रकम विनियोजन गरिएको छ । १३ लाख विद्यार्थीले लभान्वित हुने मन्त्री पौडेलले बताए ।
11 minutes ago, 16:29:44
स्वास्थ्यलाई ९५ अर्ब ८१ करोड बजेट
सरकारले आगामी आर्थिक वर्षका लागि स्वास्थ्यलाई ९५ अर्ब ८१ करोड बजेट विनियोजन गरेको छ। स्वास्थ्य क्षेत्रमा यस पटक एक खर्ब बजेट आउने अनुमान गरिएको थियो।
12 minutes ago, 16:28:37
कीर्तिपुर क्रिकेट रंगशाला स्तरोन्नति गर्न ४० करोड
सरकारले कीर्तिपुर क्रिकेट रंगशाला स्तरोन्नति गर्न ४० करोड विनियोजन गरेको छ ।
त्यस्तै, सरकारले दशौँ राष्ट्रिय खेलकुदलाई ५४ करोड बजेट विनियोजन गरेको छ ।
यो रकम गत आर्थिक वर्षको भन्दा २ अर्ब ५८ करोड बढी हो । २०८१/०८२ का लागि बजेट ३ अर्ब ५० करोड बजेट विनियोजन भएको थियो ।
12 minutes ago, 16:28:30
सिक्टा र वृहत दाङ उपत्यका सिंचाइ आयोजनालाई ८ अर्ब ५० करोड
सिक्टा र वृहत दाङ उपत्यका सिंचाइ आयोजनाको निर्माणलाई तीव्रता दिइने ।
त्यसका लागि रु ८ अर्ब ५० करोड विनियोजन ।
15 minutes ago, 16:26:22
प्रारम्भिक बालविकास सहयोगी कार्यकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक वापत संघीय सरकारबाट उपलब्ध गराइँदै आएको सशर्त अनुदान वृद्धि
सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहयोगी कार्यकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक वापत संघीय सरकारबाट उपलब्ध गराइँदै आएको सशर्त अनुदान वृद्धि । यसका लागि रु १० अर्ब १६ करोड विनियोजन ।
18 minutes ago, 16:22:33
युवा तथा खेलकुद मन्त्रालयलाई ६ अर्ब ८ करोड
सरकारले युवा तथा खेलकुद मन्त्रालयलाई ६ अर्ब ८ करोड बजेट विनियोजन गरेको छ ।
19 minutes ago, 16:22:09
बिना धितो सहुलियत कर्जा
शैक्षिक योग्यता, व्यवसायिक दर्ता र परियोजना प्रस्तावका आधारमा बिना धितो २ लाखदेखि २० लाखसम्म ३ प्रतिशत ब्याजदरमा सहुलित कर्जा उपलब्ध गराइने ।
19 minutes ago, 16:21:44
झापाको दमकमा रंगशाला

20 minutes ago, 16:20:42
अब एसईई परीक्षा प्रदेशबाटै
‘माध्यामिक शिक्षा परीक्षाको सञ्चालन प्रवन्ध प्रदेशबाट गरिने छ,’ अर्थ मन्त्री विष्णु पौडेलले भने ।

21 minutes ago, 16:19:37
अब सबै प्रदेशमा जलन उपचार विभाग
बजेटमा हरेक प्रदेशमा जलन उपचार विभाग सञ्चालन गरिने उल्लेख छ । वीर अस्पतालमा पनि जलन उपचार विस्तार गरिने बजेटमा उल्लेख छ ।
22 minutes ago, 16:19:01
निरोगी नेपाल स्वास्थ्य नेपाली कार्यक्रम घोषणा
सरकारले निरोगी नेपाल स्वास्थ्य नेपाली कार्यक्रम घोषणा गरेको छ ।
यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९५ अर्ब ८१ करोड बजेट विनियोजन ।
22 minutes ago, 16:18:36
शिक्षक बैंकको स्थापना, शिक्षक अभाव हुन नदिने
शिक्षकको बैंकको स्थापना गरिने ।
विश्वविद्यालयको सहकार्यमा शिक्षक बैंकको स्थापना गरिने ।
स्नातक गरेकालाई स्वयंसेवक शिक्षकको वयवस्था गरिने ।
्शिक्षक दरबन्दीको पुनरावलोकन गर्ने ।
अंग्रेजी, गणित र विज्ञान विषयको शिक्षक अभाव हुन नदिने घोषणा मन्त्री विष्णु पौडेलले गरेका छन् ।
24 minutes ago, 16:17:28
शिक्षामा २ खर्ब ११ अर्ब बजेट

24 minutes ago, 16:16:49
चामलमा आत्मनिर्भर बन्न नयाँ कार्यक्रम

26 minutes ago, 16:14:52
निःशुल्क स्यानिटरी प्याड वितरण गर्न १ अर्ब २९ करोड

26 minutes ago, 16:14:41
स्वास्थ्य बीमाका लागि १० अर्ब
सरकारले स्वास्थ बीमाका लागि आगामी आर्थिक वर्षका लागि १० अर्ब बजेट विनियोजन गरेको छ ।
28 minutes ago, 16:13:02
विद्यालय मर्ज गर्ने नीति
सरकारले शिक्षक र विद्यार्थी संख्याको अनुपातमा विद्यालय गाभ्ने भएको छ । नयाँ आर्थिक वर्षको बजेटमा सरकारले उक्त व्यवस्था गरेको हो ।
29 minutes ago, 16:12:14
१ अर्ब ६९ करोड बजेट चुरे संरक्षणमा
यसका लागि सरकारले एक अर्ब ६९ करोड विनियोजन गरेको छ ।

34 minutes ago, 16:06:55
शिक्षा प्रणालीलाई आधुनिक प्रविधिमैत्री बनाइने
शिक्षा प्रणालीलाई आधुनिक प्रविधिमैत्री बनाइने घोषणा ।
प्रत्येक जिल्लामा एक विद्यालय पर्ने गरी प्रोत्साहा कार्यक्रम सुरु गरिने भएको छ ।
प्रति विद्यालय २५ लाख अनुदान दिइने घोषणा गरिएको छ ।
35 minutes ago, 16:06:27
अब स्वेट सेयरलाई कानुनी मान्यता
स्वेट सेयरलाई पनि कानुनी मान्यता दिइने घोषणा सरकारले गरेको छ ।
यसअघिसम्म स्वेट सेयरसम्बन्धी कानुनी व्यवस्था थिएन ।
35 minutes ago, 16:05:42
सामाजिक सुरक्षा भत्तामा १ खर्ब ९ अर्ब
सरकारले सबै खालका सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब ९ अर्ब विनियोजन गरेको छ ।
सरकारले सबै प्रकारका सामाजिक भत्ताहरूलाई एकीकृत गर्ने र समन्यायिक ढंगले वितरण गर्ने बताएको छ ।
सबै सामाजिक सुरक्षामा आबद्ध हुन क्रमशः राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने घोषणा ।
जेष्ठ नागरिकलाई घुम्ती टोली बनाएर राष्ट्रिय परिचयपत्र प्रदान गरिने घोषणा ।
सामाजिक सुरक्षाका नाममा दोहोरो सुविधा नदिइने पनि उनले बताए ।
तर, वृद्ध भत्ताको उमेर बढाउने घोषणा भने बजेटमा गरिएको छैन ।

36 minutes ago, 16:05:25
बौद्धिक सम्पत्ति कानुन सधार्ने
सरकारले ‘नेपालबाट उत्पादित वस्तुको मापदण्ड, निर्धारण तथा प्रमाणीकरण कार्यलाई व्यवस्थित गरिने घोषणा गरेको छ ।
बौद्धिक सम्पत्तिको कानुनमा सामूहिक सुधार गरिने’ कार्यक्रम बजेटमा समावेश गरिएको छ ।
39 minutes ago, 16:02:23
रोजगार पोर्टल सञ्चालन, सबै प्रदेशमा रोजगार मेला
सरकारले रोजगारी र कामदारर खोज्न सहज हुने गरी रोजगार पोर्टल सञ्चालनमा ल्याउने ।
उनले आगामी आवमा सबै प्रदेशमा रोजगार मेला आयोजनाको समेत घोषणा ।
वैदेशिक रोजगारीमा जाने महिलाको कार्यस्थलमा हुने सुरक्षा सुनिश्चतता हुने गरी थप सम्झौता गरिने ।
39 minutes ago, 16:02:00
सञ्चार मन्त्रालयलाई ७ अर्ब ७२ करोड
नयाँ आर्थिक वर्षका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सरकारले ७ अर्ब ७२ करोड बजेट विनियोजन गरेको छ।
40 minutes ago, 16:01:18
देशभर फोरजी सेवा, ठूला शहरमा फाइभजी
देशभर फोरजी सेवा गर्ने सरकारको घोषणा ।
काठमाडौं सहित ठुला शहरमा फाइभजी सेवा सुरु गरिने ।

41 minutes ago, 16:00:07
चलचित्र छायांकन स्टुडियो निर्माण निजी क्षेत्रलाई प्रोत्साहन
इन्डोर तथा आउटडोर चलचित्र छायांकन स्टुडियो निर्माणको लागि निजी क्षेत्रलाई प्रोत्साहित गरिने ।
42 minutes ago, 15:59:25
काठमाडौंमा सूचना पार्क, मध्यपहाडमा डाटा सेन्टर
काठमाडौंमा सूचना प्रविधि पार्क बनाइने ।
मध्यपहाडी क्षेत्रमा डाटा सेन्टरको सम्भाव्यता अध्ययन गरिने ।
42 minutes ago, 15:58:56
रासयनिक मल किन्न २८ अर्ब विनियोजन
43 minutes ago, 15:57:41
निजीक्षेत्रसँग ७ खर्ब रुपैयाँको पीडीए
आगामी आर्थिक वर्षभित्र निजीक्षेत्रसँग ७ खर्ब बराबरको परियोजना विकास सम्झौता (पीडीए) गरिने ।
यसका लागि ४ खर्ब रुपैयाँ बराबरको आयोजना निर्माण कार्य थालिने ।
लगानी बोर्ड नेपाललाई ७४ करोड रुपैयाँ बजेट विनियोजन ।
45 minutes ago, 15:56:14
वन मन्त्रालयलाई १८ अर्ब ६१ करोड
सरकारले वन तथा वातावरण मन्त्रायलका लागि १८ अर्ब ६१ करोड विनियोजन गरेको छ ।

46 minutes ago, 15:55:18
पातला प्लास्टिक उत्पादन प्रतिबन्ध
४० माइक्रोन भन्दा पातला प्लास्टिकका सामग्री उत्पादन, वितरण र उपयोगमा आगामी मंसीर १ गतेदेखि प्रतिवबन्ध लगाइने ।
47 minutes ago, 15:54:22
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अगाडि बढाइने
सरकारले आगामी आवको बजेटमार्फत निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणको घोषणा गरेको छ ।
वैकल्पिक विकास वित्तको माध्यमबाट स्रोत व्यवस्थापन गरिने समेत उनले बताए ।
भद्रपुर, टरिगाँउको स्तरोन्नती र सुर्खेत विमानस्थल निर्माणको घोषणा समेत उनले गरेका छन् । उडान चाप कम भएका विमानस्थलको वैकिल्पक प्रयोगलाई जोड दिइने भएको छ ।
47 minutes ago, 15:53:46
पर्यटन मन्त्रालयलाई १३ अर्ब २८ करोड
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई १३अर्ब २८ करोड
48 minutes ago, 15:53:08
उड्डयन प्राधिकरणलाई विभाजन, कालोसूचीबाट हटाउने
उड्डयन प्राधिकरणलाई विभाजन, कालोसूचीबाट हटाउने
सरकारले आगामी आर्थिक वर्ष नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकायका रुपमा विभाजन गर्ने घोषण गरेको छ । यसबारे अहिले संसदमा विधेयक पुगिसकेको छ ।
48 minutes ago, 15:52:46
उपभोक्ता अदालत सबै प्रदेशमा विस्तार गरिने
सरकारले आगामी आर्थिक वर्षमा सबै प्रदेशमा उपभोक्ता आदत विस्तार गर्ने भएको छ ।
चालु आर्थिक वर्षको कजेट मार्फत सरकारले कालोबजारी, एकाधिकार, सिण्डिकेट अनुतिक क्रियाकलाप नियन्त्रण गरी बजारलाइ स्वाच्छ, प्रतिस्पर्धि र उपभोक्ता मैत्री बनाइने ।
49 minutes ago, 15:52:24
सुर्खेतमा प्रादेशिक विमानस्थल निर्माण थालिने
यो वर्ष सुर्खेतमा प्रादेशिक विमानस्थल निर्माणको काम थालिने ।
49 minutes ago, 15:52:00
नेपालीलाई विदेशमा लगानी गर्न दिइने
सरकारले नेपाली उद्योगहरूलाई विदेशमा लगानी गर्न दिने भएको छ । नेपाली निर्यातकलाई कुल निर्यातको २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न दिइने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणमार्फत जानकारी गराएका हुन् ।
\’नेपालबाट विदेशमा विक्री वा अर्धप्रशोधित सामग्री निर्यात गरी प्रशोधन कारखाना निर्माण गर्न अनुमति दिइनेछ ।
यसका लागि निर्यातबाट हुने २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न पाउने व्यवस्था गरिने छ,\’ मन्त्री पौडेलले घोषणा गरे ।
विदेशमा गरेको लगानीबा६ आर्जन हुने मुनाफाको ५० प्रतिशत देशभित्र फिर्ता गर्नुपर्ने व्यवस्था गरिने पनि उनले बताए । विदेशमा गरिने लगानी स्वीकृति लगानी बोर्डले गर्ने उनले बताए ।
हालसम्म नेपालीलाई विदेशमा लगानी गर्न प्रतिबन्ध छ । हालै सरकाले अध्यादेशमार्फत आईटी कम्पनीहरुलाई विदेशमा लगानी गर्न दिने व्यवस्था गरेको छ ।
50 minutes ago, 15:51:05
अमलेखगन्ज लोथर पेट्रोलियम पाइपलाइन निर्माण
सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा अमलेखगन्ज लोथर पेट्रोलियम पाइपलाइन निर्माण अगाडि बढाउने घोषणा गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले बजेटमार्फत यस्तो घोषणा गरेका हुन् ।
सिलगुढी–चारआली अन्तर देशीय पेट्रोलियम पाइपलाइन तथा भण्डारणको काम समेत आगामी आवमा सुरु गर्ने उनले बताए ।
50 minutes ago, 15:50:34
रिसोर्ट बनाउन वनको जग्गा लिजमा
प्रमुख पर्यटकीय क्षेत्रमा हिल स्टेसन तथा रिसोर्ट बनाउन वनका जग्गा लिजमा दिइने घोषणा ।
51 minutes ago, 15:50:03
उद्योग मन्त्रालयलाई १० अर्ब १४ करोड
उद्योग मन्त्रालयलाई १० अर्ब १४ करोड बजेट विनियोजन गरेको छ ।

52 minutes ago, 15:49:25
अब सबै प्रदेशमा उपभोक्ता अदालत
सरकारले उपभोक्ता अदालतलाई सबै प्रदेशमा विस्तार गरिने जनाएको छ ।
52 minutes ago, 15:48:50
नेपालमा उत्पादित सामग्रीको गुणस्तर परीक्षण
नेपालमा उत्पादित सामग्रीको गुणस्तर परीक्षणलाई व्यवस्थित गरिने ।
53 minutes ago, 15:48:23
सहकारीका ५ लाखसम्मका बचतकर्ताको बचतको सुरक्षण गरिने
कर्जा तथा निक्षेप सुरक्षण मार्फत सहकारीका ५ लाखसम्मका बचतकर्ताको बचतको सुरक्षण गरिने ।
सहकारीका बतकर्ताको रकम फिर्ता गनए स्थापना कोषमा सरकारले बिउ पुँजी राख्ने भएको छ । साथै सहकारीको वर्गीकरण र एकीकरण र संरचनागत सुधार गरिने व्यवस्था बजेटले गरेको छ ।
समस्या ग्रस्त सहकारीका बचतकर्ताको निक्षेप तथा सञ्चालकको सम्पत्ति बिक्री गरेर फिर्ता गर्ने व्यवस्था बजेटमा उल्लेख छ ।
54 minutes ago, 15:46:40
लगानी बोर्डमार्फत ७ खर्ब बराबरको परियोजना विकास सम्झौता गर्ने
सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा लगानी बोर्डमार्फत निजी क्षेत्रसँग ७ खर्ब बराबरको परियोजना विकास सम्झौता गर्ने घोषणा गरेको छ ।
४ खर्ब रुपैयाँ बराबरको आयोजनाको निर्माण कामको थालनी यस आवमा गरिसक्ने समेत अर्थमन्त्री विष्णु प्रसाद पौडेलले जानकारी दिए ।
सरकारले लगानी बोर्डका लागि ७४ करोड बजेट विनियोजन गरेको छ ।
55 minutes ago, 15:46:08
टिमुरेमा भन्सार जाँच चौकी
रसुवाको टिमुरे भन्सार जाँच चौकीको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइनेछ ।
55 minutes ago, 15:45:48
पशु रोग नियन्त्रण गर्न ५ करोड ५० लाख खोप उत्पादन गर्ने
आगामी आर्थिक वर्षमा सरकारले पशुपन्छिलाई लाग्ने रोग नियन्त्रण गर्न ५ करोड ५० लाख डोज खोप उत्पादन गर्ने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्ष २०८२/०८३को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले ८५ करोड खर्च गरेर खोप उत्पादन गर्ने घोषणा गरेका हुन् ।
56 minutes ago, 15:45:18
राज्य सुविधा परिचपत्र घोषणा गरिने
राज्य सुविधा परिचपत्र घोषणा गरिने ।
यसमा सम्बन्धित परिवारले आफ्नो स्वघोषणा गर्नुपर्ने ।
त्यसलाई राष्ट्रिय परिचयपत्र प्रणालीमा अद्यावधिक गरिने ।
57 minutes ago, 15:44:22
हदबन्दीले बिक्री रोकिएका जग्गा हाउजिङलाई !
हदबन्दीका कारण बिक्री हुन नसकेका हाउजिङलाई बिक्री गर्न पाइने व्यवस्था गरिने ।
57 minutes ago, 15:43:51
आगामी वर्षभित्र १ सय स्थानीय तहमा भूमि बैंक खोलिने
सरकारले आगामी आर्थिक वर्षभित्र १ सय स्थानीय तहमा भूमि बैंक संचालन गर्ने ।
जग्गाधनीले जग्गा लिजमा दिन चाहेमा स्थानीय तहसँग सहकार्य गर्ने र भूमि बैंकले स्थानीय तहसँग करार गरेर जग्गा प्राप्त गर्न सकिने व्यवस्था गरिने ।
स्थानीय तहमार्फत भूउपयोग क्षेत्र वर्गीकरण गरिने ।
58 minutes ago, 15:43:01
स्टार्टअपलाई सहुलीयतपूर्ण कर्जा, ७३ करोड
सरकारले स्टार्टअपलाई सहुलीयतपूर्ण कर्जा उपलब्ध गराउने घोषणा गरेको छ ।
उनीहरुलाई ३ प्रतिशत ब्याजदरमा यस्तो कर्जा उपलब्ध गराइने र सो का लागि ७३ करोड बजेट विनियोजन गरेको अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बताए ।
उनले जेन्जी पुस्तालाई लक्षित गरी नवप्रवर्तनमा आधारित स्टार्टअपलाई प्राथमिकता दिइने समेत घोषणा गरे ।
59 minutes ago, 15:42:10
बन्डेड वायरहाउस सुविधा
सुनचाँदीको निकासी गर्ने उद्योगलाई बन्डेड वायरहाउस सुविधा उपलब्ध गराइने ।
59 minutes ago, 15:41:45
कृषिमा उत्पादकत्व बढाउन यान्त्रीकरण गरिने
1 hour ago, 15:39:39
स्टार्टअप उद्ममीलाई सहुलियतपूर्ण कर्जा
स्टार्टअप उद्ममीलाई सहुलियतपूर्ण कर्जा ३ प्रतिशतमा उपलब्ध गराइने । यसका लागि ७३ करोड विनियोजन ।
1 hour ago, 15:38:56
सहकारीको ५ लाखसम्मको निक्षेपको सुरक्षण
सहकारीको ५ लाखसम्मको निक्षेपको सुरक्षण गरिने घोषणा अर्थमन्त्री विष्णु पौडेलले घोषणा गरेका छन् ।
1 hour ago, 15:38:20
भूमि व्यवस्था तथा सहकारी मन्त्रालय ७ अर्ब ४९ करोड
भूमि व्यवस्था तथा सहकारी मन्त्रालय ७ अर्ब ४९ करोड बजेट विनियोजन
1 hour ago, 15:37:28
अब अनलाइन प्रणालीबाटै जग्गा रोक्का र फुकुवा
अनलाइन प्रणालीबाट नै जग्गा रोक्का र फुकुवाको व्यवस्था गरिनेछ ।

1 hour ago, 15:36:45
कृषि मन्त्रालयलाई ५७ अर्ब ४८ करोड
कृषि मन्त्रालयलाई ५७ अर्ब ४८ करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिएका छन् ।

1 hour ago, 15:35:53
एक वर्षमा ५ लाख परिवारलाई लालपूर्जा
एक वर्षभित्र ५ लाख परिवारलाई लालपूर्जा दिइने कार्यक्रम बजेटमा समेटिएको छ ।
1 hour ago, 15:35:20
स्थानीय तहमा राजस्व बाँडफाँटबाट १ खर्ब ६५ अर्ब हस्तान्तरण हुने
आगामी प्रदेश र स्थानीय तहमा राजस्व बाँडफाँटबाट १ खर्ब ६५ अर्ब हस्तान्तरण हुने अनुमान रहेको छ । यस्तै राजस्व बाँडफाँट र अनुदान गरी प्रदेश र स्थानीय तहमा आगामी ५ खर्ब ८२ अर्ब ८३ करोड हस्तान्तरण अनुमान बजेटमा आएको थियो ।
1 hour ago, 15:30:29
कृषि उपजको अग्रिम मूल्य तोकिने
अग्रिम कृषि उपज खरिद सम्झौता गरिने ।
बाँदर नियन्त्रणमा काम गरिने । बाँदर प्रभावित ठाउँमा बाँदरले नष्ट गर्न नसक्ने बाली लगाउन प्रोत्साहन गरिने ।

1 hour ago, 15:24:21
अल्लोको ब्रिफकेसमा बजेट
यसअघि तत्कालीन अर्थमन्त्री वर्षमान पुनले गाजाबाट बनेको ब्रिफकेसमा बजेट ल्याएका थिए ।

1 hour ago, 15:13:09
अर्थमन्त्रीलेसंसदमा बजेट प्रस्तुत गर्न सुरु
अर्थमन्त्री विष्णु पौडेलले संसदमा बजेट प्रस्तुत गर्न सुरु गरेका छन् ।
2 hours ago, 14:59:16
मन्त्रिपरिषद् बैठकबाट बजेट स्वीकृत
आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको अनुमान (बजेट) मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएको छ ।
2 hours ago, 14:52:35
बजेटको झोला बोकेर मन्त्रालयबाट निस्किए अर्थमन्त्री पौडेल





