स्वास्थ्य शिविरमा पाँच सय बढी महिलाकाे क्यान्सर स्क्रिनिङ
जुम्लाको कनकासुन्दरी गाउँपालिकाले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा पाँच सयभन्दा बढी महिलाले स्वास्थ्य सेवा लिएका छन्। गाउँपालिकाको मालिकाबोता र हाडसिंजा स्वास्थ्य चौकीमा सञ्चालित शिविरमा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको स्क्रिनिङ गरिएको गाउँपालिकाले जानकारी दिएको छ। गाउँपालिकाको आयोजना, जनस्वास्थ्य सेवा कार्यालय जुम्ला र आत्मसम्मानका लागि सहकार्य (क्याड) नेपाल जुम्लाको सहकार्यमा …