पुस्तक मेलामा तीन पुस्ताका महिला लेखकहरु
सधैँ चित्रकला, फोटो प्रदर्शनी भइरहने नेपाल कला परिषद्को भवन शनिबार भिन्नै देखिन्थ्यो। भवन बाहिरदेखि भित्रसम्म पुस्तकहरुको स्टल थिए र स्टलमा महिलाहरू। यहाँ महिलाहरुद्धारा लिखित पुस्तक प्रदर्शनी चलिरहेका थियो। नेपाली समाजमा महिला लेखकहरूको संंख्या न्यून छ। प्रदर्शनीले महिला लेखकहरूको कृतीलाई थप उजागर गर्न मद्दत पुर्याएको छ। प्रदर्शनीमा सहभागी नेता अष्टलक्ष्मी शाक्य …