विद्यार्थी भिसावाहकलाई वर्क परमिट नदिन प्रोत्साहन गर्दै सरकारलाई सिनेटरको पत्र



प्रकाशित मिति : आश्विन १०, २०८२ शनिबार

विद्यार्थी भिसावाहकलाई वर्क परमिट नदिन प्रोत्साहन गर्दै सरकारलाई सिनेटरको पत्र

रिपब्लिकन सिनेटर चक ग्रासलीले डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमलाई पत्र पठाएर अमेरिकामा विद्यार्थी भिसा वाहकहरूलाई काम गर्ने अनुमति वर्क परमिट जारी गर्न बन्द गर्न माग गरेका छन् । अक्टोबर १०, २०२५ सम्ममा जवाफको माग गर्दै यस्तो पत्र लेखिएको हो ।

पत्रमा उनले युवा अमेरिकीहरूको रोजगारीको सम्भावनाको बारेमा आफू चिन्तित भएको उल्लेख गर्दै फेडरल रिजर्भले २२ देखि २७ वर्षका पुरुषहरूको बेरोजगारी दर तिनीहरूसँग डिग्री भए पनि नभएपनि लगभग उस्तै रहेको तथ्यांक फेला पारेको तथा विज्ञान, प्रविधि, इन्जिनियरिङ्ग र गणित विषयमा भर्खरैका अमेरिकी स्नातकहरूको बेरोजगारी दर सामान्य जनसङ्ख्याको भन्दा बढी रहेको भेटिएको उल्लेख गर्दै आफूलाई रोजगारीका यी प्रवृत्तिहरू गम्भीर रूपमा चिन्ताजनक लागेका उनले पत्रमा लेखेका छन् ।

विदेशी स्नातकहरूसँगको प्रतिस्पर्धाले कलेज शिक्षित अमेरिकीहरूमाझ बढ्दो बेरोजगारी दरमा योगदान पुर्‍याइरहेको तथा यस्तो नहुने उनको भनाई छ । अमेरिकी रोजगारीहरू अमेरिकी स्नातकहरूद्वारा भरिने सुनिश्चित गर्नका लागि संसदले विदेशी स्नातकहरूका लागि रोजगारी भिसामा सीमा तोकेको उनले पत्ररमा उल्लेख गरेका छन् ।

विद्यार्थी भिसावाहकलाई वर्क परमिट नदिन प्रोत्साहन गर्दै सरकारलाई सिनेटरको पत्र

विद्यार्थी भिसावाहकलाई वर्क परमिट नदिन प्रोत्साहन गर्दै सरकारलाई सिनेटरको पत्र

तर डिपार्टमेन्ट अफ होमल्याण्ढ सेक्युरिटीले कानूनको प्रत्यक्ष उल्लङ्घन गर्दै विद्यार्थी भिसा वाहकहरूलाई हजारौंको संख्यामा वर्क परमिट जारी गरिरहेको उनको जिकिर छ । उनले पत्रमा भनेका छन्, “होमल्याण्ढ सेक्युरिटीले विदेशी स्नातकहरूलाई काम गर्नका लागि स्नातक पछि पनि वर्षौंसम्म उनीहरूको विद्यार्थी भिसामा अमेरिकामा बस्न दिइरहेको छ। यी वर्क परमिटहरु आप्रवासन तथा राष्ट्रियता ऐन सँग असङ्गत छन् । ऐनमा स्पष्ट रूपमा विद्यार्थी भिसा रोजगारीका लागि नभई केवल शिक्षा प्राप्त गर्ने उद्देश्यका लागि भएको उल्लेख गरिएको छ ।”

रोजगारी खोज्ने अमेरिकनहरूलाई हानि पुर्‍याउनुको अतिरिक्त विदेशी विद्यार्थी वर्क परमिटहरूले अमेरिकालाई प्राविधिक र कर्पोरेट जासुसीको जोखिममा पनि पारिरहेका उनको तर्क छ । ३३,००० भन्दा बढी चिनियाँ विद्यार्थी भिसा वाहकहरूसँग वर्क परमिटहरु भएको उल्लेख गर्दै उनीहरूलाई संवेदनशील प्राविधिक पदहरूमा काम गर्न दिइएको सिनेटर चक ग्रासलीले पत्रमा उल्लेख गरेका छन् ।

चीनले व्यवसाय र शैक्षिक संस्थाहरूलाई लक्षित गरी बौद्धिक सम्पत्तिको व्यवस्थित चोरी गरिरहेको एफबीआईले चेतावनी दिएको तथा विदेशी विद्यार्थी वर्क परमिटहरु चीने जस्ता देशहरूका सरकारी तत्त्वहरूले जासुसी र प्रविधि हस्तान्तरण गर्ने माध्यमको रूपमा प्रयोग गरिरहेका युएससीआईएस ओम्बुड्सम्यानले फेला पारेको उनको भनाई छ ।

आफूले मार्चमा सिनेट फ्लोरमा एउटा भाषण दिएर तपाईलाई विदेशी विद्यार्थीहरूलाई वर्क परमिट जारी गर्न रोक्न आह्वान गरेको सन्दर्भ उल्लेख गर्दै सिनेटर ग्रासलीले आफ्नो कार्यालयले पनि यो मुद्दाको बारेमा डिपार्टमेन्ट अफ होमल्याण्ढ सेक्युरिटीलाई धेरै पटक सिधै सम्पर्क गरेको बताएका छन् । उनी पत्रमा भन्छन् “तर, यस्तो देखिन्छ कि होमल्याण्ढ सेक्युरिटीले अझै पनि विद्यार्थी भिसा वाहकहरूलाई वर्क परमिट जारी गरिरहेको छ। म फेरि एकपटक तपाईलाई यी गैरकानूनी रोजगारी अनुमतिहरू बन्द गर्न आग्रह गरिरहेको छु।”

पत्रको जवाफमा उनले विद्यार्थी भिसा वाहकहरूका लागि वर्क परमिटहरू अन्त्य गर्ने प्रतिबद्धता समावेश नभएमा त्यस्ता वर्क परमिटहरु जारी गर्नका लागि सरकार कुन कानूनी अधिकारमा भर परिरहेको छ भन्नेबारे विस्तृत व्याख्याको माग गरेका छन् । सरकारले प्रमुख प्रश्नहरूको सिद्धान्त र प्रशासनिकमा सर्वोच्च अदालतको हालैका फैसलाहरूको प्रकाशमा त्यो अधिकारको पुनर्मूल्याङ्कन गरेको छ वा छैन भन्ने पनि जान्न चाहेको र यो मामिलामा कर्मचारी स्तरको ब्रीफिङ चाहेको उनले होमल्याण्ड सेक्युरिटीलाई लेखेको पत्रमा उल्लेख छ ।

विद्यार्थी भिसावाहकलाई वर्क परमिट नदिन प्रोत्साहन गर्दै सरकारलाई सिनेटरको पत्र





Source link

Leave a Comment