ललितपुर–२ नेवाः पहिचानको ‘लालकिल्ला’ जोगाउने र खोस्ने प्रतिस्पर्धा : RajdhaniDaily.com

ललितपुर–२ नेवाः पहिचानको ‘लालकिल्ला’ जोगाउने र खोस्ने प्रतिस्पर्धा : RajdhaniDaily.com

ललितपुर । प्रतिनिधिसभा निर्वाचनको इतिहासमै नेवाः समुदायबाट मात्रै प्रतिनिधि पाइरहेको ललितपुर क्षेत्र नम्बर–२ मा यसपटक त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ । यस क्षेत्रमा नेकपा एमालेबाट २०७९ सालको निर्वाचनमा विजयी भएका प्रेमबहादुर महर्जन उम्मेदवार छन् भने नेपाली कांग्रेसबाट प्र ेमकृष्ण महर्जन तथा रास्वपाबाट निवर्तमान सञ्चारमन्त्री जगदीश खरेल मैदानमा छन् । राप्रपाका उम्मेदवार …

Read more

रास्वपाको परराष्ट्र नीति : छिमेकभन्दा पर पुग्ने ध्येय

रास्वपाको परराष्ट्र नीति : छिमेकभन्दा पर पुग्ने ध्येय

११ फागुन, काठमाडौं । ‘तपाईं नयाँ पार्टीमा प्रवेश गर्नुभएको छ । यो पार्टीले कुनै गलत प्रशय (उद्देश्य) लिएर संसद्‌बाट बिलहरू (विधेयकहरू) पास गर्न खोज्यो भने त्यो गलत कुरालाई समर्थन गर्नुहुन्छ कि हुन्न ?’ झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बालेन्द्र शाह (बालेन)लाई मतदाताले गरेको प्रश्न हो यो …

Read more

सडक दुर्घटना : प्राथमिक उपचार नपाएरै मर्छन् नागरिक

सडक दुर्घटना : प्राथमिक उपचार नपाएरै मर्छन् नागरिक

१३ फागुन, काठमाडौं । रातको सन्नाटामा सायरन बजाउँदै एम्बुलेन्स ओहोरदोहोर भइरहन्छ । राष्ट्रिय ट्रमा सेन्टरको आकस्मिक कक्षमा एङ्जी शेर्पा छट्पटाइरहेकी थिइन् । हात भाँचिएको छ । खुट्टा सुनिएका छन् । अनुहारभरि चोटैचोट छन् । आइतबार राति उनी श्रीमान् लोप्साङ लामासँग पोखराबाट काठमाडौं फकिँदै थिइन् । बसभित्र अधिंकाश यात्रु मस्त निन्द्रामा …

Read more

पूर्वसहकर्मीहरूको चुनौतीले घेरिएका सिके राउत

पूर्वसहकर्मीहरूको चुनौतीले घेरिएका सिके राउत

१२ फागुन, राजविराज (सप्तरी) । सदरमुकाम राजविराजको नागेश्वर चोकबाट उत्तरतिर जनमत पार्टीका अध्यक्ष समेत रहेका उम्मेदवार सिके राउतको सम्पर्क कार्यालय छ । त्यो कार्यालय वरपर मानिसहरूको बाक्लो चहलपल हुन्छ । उम्मेदवारका पोस्टर, पम्पलेटहरू टाँगिएका छन् । ती पम्पलेटहरूको रंग छ- गुलागवी । कार्यालयमै सहयोग गर्ने केही कार्यकर्ताहरू पनि गुलावी रंगकै …

Read more

मतदाताको स्वास्थ्य सोधेका पुकारसँग देशकै स्वास्थ्य बिग्रेको गुनासो

मतदाताको स्वास्थ्य सोधेका पुकारसँग देशकै स्वास्थ्य बिग्रेको गुनासो

अक्सर नेताहरू स्टेज वा उच्च आसनमा देखिन्छन् । भूइँका आसनमा हुन्छन्, जनता । सामान्य अवस्था भए, तल जनतालाई ताली बजाउन लगाएर नेताहरु स्टेजबाट हात हल्लाउँथे । ‘नमस्ते’ जस्ता अभिवादन पनि जनताले गरेपछि नेताले फर्काउने हुन् । तर, अहिले चुनाव लागेको छ । परिस्थिति पनि ठिक उल्टो छ । नेता हात …

Read more

राजन भट्टराईको घरदैलो : ‘सामाजिक सञ्जालको बहकाउ र भूगोलको अवस्था फरक छ’

राजन भट्टराईको घरदैलो : ‘सामाजिक सञ्जालको बहकाउ र भूगोलको अवस्था फरक छ’

१२ फागुन, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा लामो समयदेखि बसोबास गरेको नगरपालिका हो, बुढानीलकण्ठ । देउवा लामो समयदेखि बस्दै आए पनि यो नगरपालिकामा एमालेको पकड रहँदै आएको छ । सिंगो नगरपालिकामा कांग्रेस दोस्रो शक्तिको रूपमा रहँदै आएको छ भने देउवा निवास रहेकै बुढानीलकण्ठ-२ मा समेत कांग्रेसले जित्न …

Read more

ओली संगठनमा ढुक्क, शाह पक्ष लहरप्रति विश्वस्त

ओली संगठनमा ढुक्क, शाह पक्ष लहरप्रति विश्वस्त

एमालेले झापा निर्वाचन क्षेत्र नम्बर-५ मा सोमबार पहिलो चुनावी सभा गर्‍यो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशका विभिन्न भागमा चुनावलक्षित सभाहरु गरिरहँदा एमालेले झापा–५ मा पहिलो सभा गरेको हो। यो क्षेत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली उम्मेदवार छन्। विगत निर्वाचनमा देशव्यापी चुनावी सभा गरेर पक्षमा लहर ल्याएको एमालेले अहिले ठुला …

Read more

नेपालका सडक विकासको आधार कि मृत्युको पासो!

नेपालका सडक विकासको आधार कि मृत्युको पासो!

डा. विश्वराज दवाडी नेपालमा सडक दुर्घटना कुनै नौलो कुरा रहेन । हरेक दिन पत्रपत्रिका र समाचारका ‘हेडलाइन’हरू सडक दुर्घटना र ज्यान गुमाउनेहरूको तथ्याङ्कले भरिएका हुन्छन् । अस्ति मात्रै पोखराबाट काठमाडौंतर्फ आइरहेको यात्रुवाहक बस दुर्घटना हुँदा १९ जनाले अकालमै ज्यान गुमाउनुपर्‍यो भने २५ जना यात्रु घाइते अवस्थामा छन् । यसअघि पनि …

Read more

अन्तर्वार्ता: ढुक्क हुनुहोस्, चुनाव फागुन २१ मै हुन्छ

अन्तर्वार्ता: ढुक्क हुनुहोस्, चुनाव फागुन २१ मै हुन्छ

जेन-जी आन्दोलनपछि बनेको वर्तमान सरकारको ‘म्यान्डेट’ नै प्रतिनिधिसभा सदस्यको निर्वाचन गराउने र निर्वाचित सरकारलाई वैधानिक प्रक्रियाबाट सत्ता हस्तान्तरण गर्ने हो । सोही बमोजिम सरकारले आफ्नो पहिलो प्राथमिकता निर्वाचनलाई बनायो र काम गरिरहेको छ। फागुन २१ गते हुने निर्वाचनको मिति आउन अब केही दिन मात्र छ। नेपाल सरकार तथा निर्वाचन आयोगले …

Read more

शालिकमा पोखिएको आक्रोश पुग्दैछ मतपेटिकामा

शालिकमा पोखिएको आक्रोश पुग्दैछ मतपेटिकामा

१२ फागुन (बाँके, बर्दिया, दाङ) । शहीद कवि नेत्रलाल अभागीले कुनै बेला लेखेका थिए, आँधीहुरीका बेला सतीसालमात्रै ठिङ्ग उभिन सक्छ । दाङ सदरमुकाम घोराही बजारमा बीपी कोइराला लगायत वाम प्रजातान्त्रिक नेताहरुका शालिकहरु एकपछि अर्को ढालिँदा उनै अभागीको शालिकमात्रै ठिङ्ग उभिन सक्यो । घोराही र तुलसीपुरमात्रै होइन पश्चिम नेपालका विभिन्न शहरमा …

Read more