छोराछोरी हत्याको आरोप लागेकी अमेरिकी महिलालाई बेलायतद्वारा सुपुर्दगी



प्रकाशित मिति : पुस ८, २०८२ बुधबार

छोराछोरी हत्याको आरोप लागेकी अमेरिकी महिलालाई बेलायतद्वारा सुपुर्दगी

आफ्ना दुई छोराछोरीको हत्या गरेको आरोप लागेकी कोलोराडोकी एक आमालाई बेलायतले अमेरिका सुपुर्दगी गरेको छ।

अमेरिकी अधिकारीहरूका अनुसार ३७ वर्षीया किम्बरली सिङ्गलर कोलोराडोमा छोराछोरीको हत्या गरेपछि लन्डन फरार भएकी थिइन्। उनलाई डिसेम्बर २०२३ मा लन्डनबाट पक्राउ गरिएको थियो।

वेस्टमिन्स्टर म्याजिस्ट्रेट्स कोर्टमा उनले आफूलाई अमेरिका सुपुर्दगी नगर्न माग गर्दै निवेदन दिएकी थिइन्। दोषी ठहर भएमा आफूले पाउने सजाय युरोपेली मानवअधिकार कानुनविपरीत हुने उनको दाबी थियो। तर, अदालतले उनको माग अस्वीकार गर्दै सुपुर्दगी गर्ने फैसला सुनायो।

कोलोराडोका जिल्ला अभियोजकले सिङ्गलर अमेरिका फर्किसकेको र हाल हिरासतमा रहेको पुष्टि गरेका छन्। उनलाई बिनाधरौटी थुनामा राखिएको छ र आगामी केही दिनमै अदालतमा पेस गरिने अपेक्षा गरिएको छ।

जिल्ला अभियोजक माइकल एलेनका अनुसार सिङ्गलरमाथि पहिलो दर्जाको हत्याका दुई मुद्दा, हत्या प्रयासको एक मुद्दा, बाल दुर्व्यवहारका तीन मुद्दा र आक्रमणको एक मुद्दा लगाइएको छ।

अभियोजक जोएल स्मिथका अनुसार १९ डिसेम्बर २०२३ को राति प्रहरी घटनास्थलमा पुग्दा सिङ्गलरकी ९ वर्षीया छोरी र ७ वर्षीया छोरा मृत फेला परेका थिए। साथै, सुत्ने कोठाको भुइँमा रगतले लतपतिएको ‘ह्यान्डगन’ समेत फेला परेको थियो। स्मिथले बताएअनुसार बन्दुक र चक्कुमा गरिएको डीएनए परीक्षणले ती बालबालिका र सिङ्गलर दुवैको ‘मिश्रित डीएनए प्रोफाइल’ देखाएको थियो।

घटनास्थलमा सिङ्गलरकी ११ वर्षीया छोरी (तेस्रो सन्तान) घाँटीमा गम्भीर चोट लागेको अवस्थामा फेला परेकी थिइन्। उनलाई तत्काल उद्धार गरी अस्पताल लगिएको थियो र हाल उनको अवस्था सामान्य छ।

स्मिथले सिङ्गलरले उक्त आक्रमणको दोष आफ्ना पतिमाथि थोपर्ने प्रयास गरेको बताए। तर, अनुसन्धानका क्रममा उनका पति त्यस समय डेनभरमा ‘जीपीएस बाट ट्र्याक हुने ट्रक’ चलाइरहेको प्रमाण फेला परेको थियो।

कोलोराडो स्प्रिङ्सका प्रहरी प्रमुख एड्रियन भास्केजले सिङ्गलरको सुपुर्दगीलाई अनुसन्धानको “एक महत्त्वपूर्ण मोड” भनी टिप्पणी गरेका छन्।

Table of Contents

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।

न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।





Source link

Leave a Comment