टर्कीमा विमान दुर्घटना: लिबियाका सेना प्रमुखको निधन



प्रकाशित मिति : पुस ७, २०८२ मंगलबार

टर्कीमा विमान दुर्घटना: लिबियाका सेना प्रमुखको निधन

फोटो : एपी/रासस

टर्कीमा भएको विमान दुर्घटनामा लिबियाका सेना प्रमुख जनरल मोहम्मद अली अहमद अल-हद्दादको मृत्यु भएको छ। लिबियाका प्रधानमन्त्री अब्दुल हमिद द्बेइबाहले उक्त दुर्घटना र जनरल हद्दादको निधनको औपचारिक पुष्टि गरेका छन्।

जनरल हद्दादसहित चार जना सवार विमान टर्कीको राजधानी अंकाराबाट उडेको थियो। टर्कीका गृहमन्त्री अली येर्लिकायाका अनुसार, अंकारा विमानस्थलबाट उडेको करिब ४२ मिनेटपछि विमानसँगको सम्पर्क टुटेको थियो।

त्रिपोलीतर्फ प्रस्थान गरेको उक्त विमानले सम्पर्क विहीन हुनुअघि आपतकालीन अवतरण का लागि अनुरोध गरेको थियो। टर्की प्रहरीका अनुसार अंकाराको दक्षिण-पश्चिममा पर्ने हायमाना जिल्लाको केसिक्काभाक गाउँ नजिक विमानको भग्नावशेष फेला परेको छ।

जनरल अल-हद्दाद र उनको टोली टर्कीसँगको सैन्य तथा सुरक्षा सहकार्यलाई थप सुदृढ बनाउने विषयमा उच्चस्तरीय वार्ताका लागि टर्की पुगेका थिए। सन् २०१९ यता लिबिया र टर्कीबीचको राजनीतिक, सैन्य र आर्थिक सम्बन्ध निकै प्रगाढ रहँदै आएको छ।

लिबिया उत्तर अफ्रिकामा अवस्थित एक राष्ट्र हो। यसको भौगोलिक सिमाना उत्तरमा भूमध्यसागर, पूर्वमा इजिप्ट, पश्चिममा ट्युनिसिया र अल्जेरिया, दक्षिणमा नाइजर र चाड, तथा दक्षिण-पूर्वमा सुडानसँग जोडिएको छ। करिब ७० लाख जनसंख्या रहेको यस देशको क्षेत्रफलको ठूलो हिस्सा सहारा मरुभूमिले ओगटेको छ।

लिबिया तेल र प्राकृतिक ग्यासको विशाल भण्डारका लागि विश्वप्रसिद्ध छ। देशको अर्थतन्त्रको मुख्य मेरुदण्ड नै तेल निर्यात हो, जसले राष्ट्रिय आयको ठूलो हिस्सा ओगट्छ।

सन् २०११ मा लामो समयसम्म शासन गरेका मुअम्मर गद्दाफीको पतनपछि लिबिया राजनीतिक अस्थिरताको भुमरीमा फसेको छ।

त्यसयता देशमा विभिन्न सशस्त्र समूह र प्रतिद्वन्द्वी सरकारहरूबीच शक्ति प्राप्तिका लागि निरन्तर संघर्ष चलिरहेको छ।हाल यहाँ अन्तर्राष्ट्रिय समुदायद्वारा मान्यता प्राप्त ‘राष्ट्रिय एकता सरकार’ क्रियाशील रहे पनि अन्य पक्षहरूको चुनौती कायमै छ।

आफ्नो रणनीतिक भौगोलिक अवस्थिति र प्रचुर प्राकृतिक स्रोतका कारण लिबियामा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शक्ति राष्ट्रहरूको चासो र प्रभाव सधैँ केन्द्रित रहने गरेको छ।

Table of Contents

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।

न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।





Source link

Leave a Comment