प्रकाशित मिति : मंसिर २७, २०८२ शनिबार

अमेरिकाको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ। आठ जना गम्भीर घाइते भएका छन्।
रोड आइल्याण्ड राज्यस्थित प्रोभिडेन्स सहरका मेयर ब्रेट स्माइलीले घटनाको पुष्टि गरेका छन्।
परीक्षा चलिरहेका बेला आइभी लिगअन्तर्गत पर्ने ब्राउन विश्वविद्यालयको क्याम्पसमा गोलीकाण्ड सुरु भएको हो।
घटना ब्राउन विश्वविद्यालयको परीक्षा अवधिमै भएको हो। विश्वविद्यालयका अनुसार शनिबार दिउँसो २ बजे देखि ५ बजेसम्म परीक्षा सञ्चालन भइरहेको थियो।
अमेरिकाको सातौँ सबैभन्दा पुरानो विश्वविद्यालय मानिने ब्राउन विश्वविद्यालयमा करिब ११,००५ विद्यार्थी अध्ययनरत छन्।
रोड आइल्याण्डका अधिकारीहरूका अनुसार सन्दिग्ध व्यक्ति अझै फरार छन्। सन्दिग्ध व्यक्ति कालो कपडा लगाएको पुरुष रहेको र घटनास्थलबाट पैदलै भागेको बताइएको छ।
हालसम्म कुनै पनि हतियार बरामद नभएको अधिकारीहरूले बताएका छन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
स्माइलीले अनुसन्धान जारी रहेको भन्दै पीडितहरूको परिचय सार्वजनिक गर्न अस्वीकार गरे।
ब्राउन विश्वविद्यालयकी अध्यक्ष क्रिस्टिना पेक्सटनले यो सबैका लागि अत्यन्त पीडादायी क्षण भएको बताएकी छन्।
विश्वविद्यालयले पहिलो आपतकालीन सूचना जारी गर्दै बारस र होली इन्जिनियरिङ तथा फिजिक्स भवन नजिकै बन्दुकधारी रहेको जानकारी दिएको थियो।
सन्दिग्ध कसरी भवनभित्र प्रवेश गर्यो भन्ने स्पष्ट भइसकेको छैन। तर होप स्ट्रिट हुँदै बाहिर निस्किएको भने अनुमान गरिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राउन विश्वविद्यालयमा भएको घटनाबारे जानकारी लिइसकेको र एफबीआई घटनास्थलमा पुगेको बताएका छन्।
शनिबारको घटना यसै साता विश्वविद्यालय क्याम्पसमा भएको दोस्रो ठूलो गोलीकाण्ड हो। डिसेम्बर ९ मा केन्टकी स्टेट विश्वविद्यालयमा भएको गोलीकाण्डमा एक विद्यार्थीको मृत्यु भएको थियो। अर्का एकजना गम्भीर घाइते भएका थिए।
अमेरिकामा बन्दुक हिंसाको जोखिमले शैक्षिक वातावरण नै परिवर्तन गरिदिएको छ। अधिकांश विद्यालयमा सक्रिय गोलीकाण्ड अभ्यास (ड्रिल) अनिवार्य जस्तै बनेको छ।
गन भायोलेन्स आर्काइभका अनुसार सन् २०२५ मा मात्रै अमेरिकामा ३८९ वटा सामूहिक गोलीकाण्ड भइसकेका छन्। ‘एभ्रिटाउन फर गन सेफ्टी’का अनुसार यस वर्ष विद्यालय परिसरमा १५४ वटा गोलीकाण्ड भएका छन्। जसमा ४९ जनाको मृत्यु भएको छ र १३५ जना घाइते भएका छन्।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
उपहार प्रदान गर्न क्लीक गर्नुहोला
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
मासिक डोनेसन गर्न यहाँ क्लिक गर्नुहोस्