अमेरिकामा बच्चा जन्माउने उद्देश्य राखेका गर्भवती महिलाहरूले पाउने छैनन् पर्यटक भिसा 



प्रकाशित मिति : मंसिर २५, २०८२ बिहीबार

अमेरिकामा बच्चा जन्माउने उद्देश्य राखेका गर्भवती महिलाहरूले पाउने छैनन् पर्यटक भिसा 

भारतस्थित अमेरिकी दूतावासले गर्भवती महिलाहरूलाई पर्यटक भिसा दिँदा विशेष सावधानी अपनाउने बताएको छ। दूतावासले यात्राको प्राथमिक उद्देश्य अमेरिकामा बच्चा जन्माउनु र बच्चाको लागि अमेरिकी नागरिकता प्राप्त गर्नु हो भन्ने शङ्का लागेमा भिसा नदिने बताएको हो । ट्रम्प प्रशासनले पहिले नै त्यस्ता महिलाहरूमाथि प्रतिबन्ध लगाउने घोषणा गरिसकेको थियो ।

हरेक वर्ष ठुलो सङ्ख्यामा गर्भवती महिलाहरू पर्यटक भिसामा बच्चा जन्माउन अमेरिका प्रवेश गर्ने गरेको पाइएको अमेरिकाले दाबी गरेको छ ।

“यदि अमेरिकी कन्सुलर अधिकारीहरूले यात्राको प्राथमिक उद्देश्य बच्चाको लागि अमेरिकी नागरिकता प्राप्त गर्न संयुक्त राज्य अमेरिकामा बच्चा जन्माउनु हो भन्ने शङ्का गर्छन् भने पर्यटक भिसा आवेदनहरू अस्वीकार गर्नेछन्। यो अनुमति छैन”, भारतस्थित अमेरिकी दूतावासले भन्यो। अमेरिकाले यसलाई ‘बर्थ टुरिजम’को नाम दिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जनवरी २० मा जन्मसिद्ध नागरिकता अन्त्य गर्ने आदेशमा हस्ताक्षर गरेका थिए । ट्रम्पले जारी गरेको यो कार्यकारी आदेशले कानुनी स्थिति नभएका अभिभावकबाट जन्मिएका बालबालिकालाई नागरिकता दिन अस्वीकार गर्न खोजेको थियो । तर, अमेरिकामा कानूनी स्थिति नभएका आप्रवासी अभिभावकबाट जन्मिएका बालबालिकाको जन्मसिद्ध नागरिकता समाप्त गर्ने उद्देश्यले राष्ट्रपति ट्रम्पद्वारा जारी यो आदेशविरुद्ध सर्वोच्चमा निवेदन परेको थियो ।

अमेरिकी सर्वोच्च अदालतले ट्रम्पले जारी गरेको जन्मसिद्ध नागरिकता सम्बन्धी आदेशको समीक्षा गर्न सहमती जनाएको छ । ट्रम्पको सो आदेश संवैधानिक छ वा छैन भनी समीक्षा गर्न सर्वोच्च अदालत हालै तयार भएको हो ।

यसअघि अमेरिकाभित्र जन्मिएका बच्चाले स्वतः अमेरिकाको नागरिकता प्राप्त गर्ने व्यवस्था थियो । १२५ वर्षभन्दाबढीको संवैधानिक व्यवस्थालाई ट्रम्पले चुनौती दिँदै गैरकानुनी अध्यागमन स्थिति भएका अभिभावकबाट जन्मिएका बच्चालाई नागरिकता नदिने कार्यकारी आदेशमा दोस्रो कार्यकालको पहिलो दिन नै हस्ताक्षर गरेका थिए ।

ट्रम्पको यस्तो कार्यकारी आदेशका कारण प्रत्येक वर्ष हजारौं बालबालिकाको नागरिकता खोस्ने भन्दै अदालतमा निवेदन दर्ता भएको थियो । ट्रम्पको आदेशका कारण संविधानको १४ औँ संशोधनको उलंघन भएकोले सो आदेशको खारेजीको माग गरिएको छ ।

Table of Contents

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।

न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।





Source link

Leave a Comment