अमेरिकाद्वारा भेनेजुएलाको तेल ट्यांकर नियन्त्रणमा, दुई देशबीच तनाव बढ्ने सम्भावना उच्च



प्रकाशित मिति : मंसिर २४, २०८२ बुधबार

अमेरिकाद्वारा भेनेजुएलाको तेल ट्यांकर नियन्त्रणमा, दुई देशबीच तनाव बढ्ने सम्भावना उच्च

एपी /रासस

अमेरिकाले भेनेजुएलाको तट नजिकै रहेको एउटा तेल ट्यांकर नियन्त्रणमा लिएको छ। यो घटनापछि दुई देशबीचको तनाव अझै बढ्ने जोखिम बढेर गएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको तट नजिकै ठूलो तेल ट्यांकर कब्जा गरेको कुरा पुष्टि गरेका हुन्।

“हामीले भेनेजुएलाको तटमा एउटा ट्यांकर कब्जा गरेका छौँ,” ट्रम्पले भने, “यो ठूलो ट्यांकर हो, अमेरिकाले अहिलेसम्म कब्जा गरेकोमध्ये सबैभन्दा ठूलो ट्यांकर।”

अमेरिकी महान्यायाधिवक्ता पाम बन्डीले सामाजिक सञ्जाल एक्समा सार्वजनिक गरेको भिडियोमा सशस्त्र अमेरिकी बलका सदस्यहरू हेलिकप्टरबाट डोरी सहायताले ट्यांकरमा ओर्लँदै गरेका देखिन्छन्।

उनका अनुसार, यो ट्यांकर वर्षौंदेखि अमेरिकी प्रतिबन्धको सूचीमा थियो। यो ट्यांकरले विदेशी आतङ्कवादी सङ्गठनलाई सहयोग गर्ने अवैध तेल व्यापार सञ्जालमा भूमिका खेलेको आरोप लागेको थियो।

भेनेजुएलाको तट बाहिर अन्तर्राष्ट्रिय जलक्षेत्रमै सुरक्षित रूपमा जफत गर्ने कार्य सम्पन्न भएको बन्डीले बताइन्।

राष्ट्रपति ट्रम्पले ट्यांकर किन कब्जा गरिएको भन्ने विषयमा विस्तृत जानकारी दिएनन्।

अधिकारीहरूले ट्यांकरको नाम “स्किपर” रहेको र यसमा भेनेजुएलाको क्रुड तेल रहेको बताएका छन्।

यसअघि यो जहाज ईरानी तेलसँग पनि जोडिएको थियो। त्यही कारणले सङ्घीय न्यायाधीशले यसलाई जफत गर्न आदेश जारी गरेका थिए।

यो कदमले भेनेजुएलासँगको तनावलाई अझ चर्काउन सक्ने सम्भावना देखिएको छ। राष्ट्रपति ट्रम्पले निकोलस मदुरोलाई सत्ताच्युत गर्न दबाव अभियान कडा पारेका बेला यो घटना भएको हो।

अमेरिकाले जफत गरेको ट्यांकर क्युबा हुँदै एशिया पठाइने तयारीमा रहेको कुरा अधिकारीले बताएका छन्। उनका अनुसार आगामी हप्ताहरूमा अन्य ट्यांकरहरूमाथि पनि कारबाही हुन सक्छ।

भेनेजुएला सरकारले अमेरिकी कदमलाई “अन्तर्राष्ट्रिय समुद्री डकैती” भनेर आरोप लगाएको छ।

भेनेजुएलामाथि भइरहेको निरन्तर आक्रमणको वास्तविक कारण आप्रवासन, लागूपदार्थ, लोकतन्त्र र मानवअधिकार नभएर प्राकृतिक सम्पत्ति, तेल, ऊर्जाका स्रोतहरू कब्जा गर्ने अमेरिकी प्रयास भएको भेनेजुएलाले आरोप लगाएको छ।

भेनेजुएलाले यो कदमविरुद्ध “सबै अन्तर्राष्ट्रिय निकायमा अपील गर्ने” बताएको छ।

अमेरिकी सेनाले हालसम्म २३ वटा लागू पदार्थ बोकेको आशङ्कामा डुङ्गाहरूमाथि आक्रमण गर्दा ८७ जना मारिएका छन्।

Table of Contents

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।

न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।





Source link

Leave a Comment