प्रकाशित मिति : मंसिर १८, २०८२ बिहीबार

बाइडेन प्रशासनले कारबाही गरेका टेक्ससका डेमोक्र्याट प्रतिनिधिलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले माफी दिएका छन्।
राष्ट्रपति ट्रम्पले टेक्ससका डेमोक्र्याट प्रतिनिधि हेन्री कुएलार र उनकी पत्नीलाई माफी दिने घोषणा गरेका हुन्।
उनीहरूलाई संघीय घुसखोरी तथा षड्यन्त्रको मुद्दा बाइडेन प्रशासनले चलाएको थियो। बाइडेन प्रशासनको आप्रवासन नीतिको विरोध गरेका कारण उनीहरूमाथि घुसखोरी र षड्यन्त्रको अभियोग लगाइएको बताइएको छ। ट्रम्पले हेनरीले ओपन बोर्डरका विरुद्ध साहसका साथ बोलेको भन्दै हेनरीको प्रशंसा गरेका छन्।
ट्रम्पले सामाजिक सञ्जालमा कुएलार र उनकी पत्नी इमेल्डा कुएलारलाई तत्कालीन राष्ट्रपति जो बाइडेनको आप्रवासन नीतिको आलोचना गरेको कारण अभियोग लगाइएको भनेर लेखेका छन्। उनले आफूले हेनरीलाई नचिन्ने समेत बताएका छन्।
संघीय अधिकारीहरूले कुएलार दम्पतीलाई अजरबैजान–नियन्त्रित ऊर्जा कम्पनी र मेक्सिकोको बैंकका पक्षमा काम गर्ने सर्तमा हजारौँ डलर घुस लिएको आरोप लगाएका थिए।
उनीमाथि अजरबैजानलाई फाइदा हुने विधेयकमा प्रभाव पार्ने र अमेरिकी संसदमा अजरबैजानको पक्षमा भाषण दिने सहमति गरेको आरोप लगाइएको थियो।
कुएलारले आफू र पत्नी निर्दोष रहेको बताएका छन्। उनीहरूको मुद्दाको सुनुवाइ आगामी अप्रिलमा हुने तय गरिएको थियो।
कङ्ग्रेस कार्यालयबाहिर पत्रकारहरूसँग कुरा गर्दै कुएलारले तथ्यहरू सधैँ स्पष्ट थिए, तर यस्तो कठिन समयमा परिवारसँग भगवान् खडा भएकोमा ट्रम्पलाई धन्यवाद दिन चाहन्छु भनेका छन्। तर उनले रिपब्लिकन पार्टी रोज्ने सम्भावना भने तत्कालका लागि नरहेको बताएका छन्।
ट्रम्पले यस वर्ष गरेका माफीहरूमा धेरै राजनीतिक रूपमा नजिकका व्यक्तिहरू छन्।
उनले २०२० को चुनाव उल्ट्याउन प्रयास गरेको आरोप लागेका धेरै रिपब्लिकनहरूलाई माफी दिए। उनले ६ जनवरी, २०२१ क्यापिटल हल्लाबोलमा संलग्न १,५०० भन्दा बढी व्यक्तिलाई पनि क्षमा दिएका छन्।
कुएलार अझै पनि प्रतिनिधिसभाको एथिक्स कमिटीको अनुसन्धान अन्तर्गत छन्। यो अनुसन्धान २०२४ को मेमा सुरु भएको थियो।
२ दशकभन्दा बढी कङ्ग्रेसमा रहेका कुएलार टेक्सस–मेक्सिको सिमानाको क्षेत्र प्रतिनिधित्व गर्ने मध्यमार्गी डेमोक्र्याट हुन्। आप्रवासन र बन्दुकसम्बन्धी मुद्दामा उनी प्रायः आफ्नै पार्टीसँग भिन्न धारणा राख्दै आएका छन्।
बाइडेन प्रशासनको आप्रवासी व्यवस्थापनप्रति उनी कडा आलोचक थिए। उनी गर्भपतन अधिकारको विरोध गर्ने कङ्ग्रेसमा रहेका अन्तिम केही डेमोक्र्याटमध्ये पनि एक हुन्।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
उपहार प्रदान गर्न क्लीक गर्नुहोला
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
मासिक डोनेसन गर्न यहाँ क्लिक गर्नुहोस्
