न्युयोर्कमा ‘कोड ब्लु’ जारी, तापक्रम शुन्य डिग्री सेल्सियसभन्दा तल झर्ने



प्रकाशित मिति : मंसिर १६, २०८२ मंगलबार

fawn pug covered by Burberry textile between plants

न्युयोर्कमा तापक्रम शुन्य डिग्री सेल्सियसभन्दा तल झर्ने देखिएपछि डिपार्टमेन्ट अफ होमलेस सर्भिसेसले मंगलबार रातिदेखि बुधबार बिहानसम्म ‘कोड ब्लु’ घोषणा गरेको छ। ‘कोड ब्लु’ मंगलबार दिउँसो ४ बजेदेखि बुधबार बिहान ८ बजेसम्म लागू हुनेछ।

‘कोड ब्लु’ लागु भएपछि घरबारविहीन मानिसहरुसम्म न्युयोर्क डिपार्टमेन्ट अफ होमलेस सर्भिसेसले आवश्यक सहयोगका लागि अधिकारीहरुलाई पठाउने छ । यस अवधिमा घरबारविहीनका लागि आश्रयस्थलहरुमा पहुँच प्रदान गरिनेछ ।

अधिकारीहरुले बुधबार बिहान तापक्रम शुन्य डिग्री सेल्सियस (३२ डिग्री फरेनहाइट) भन्दा कमको आसपास रहने भएकाले सचेत हुन र आश्रय आवश्यक भएमा ३११ मा सम्पर्क गर्न अनुरोध गरेका छन् ।

स्थानीय सरकारका अधिकारीहरु र न्युयोर्क सिटी प्रहरीहरु कोड ब्लु जारी भएपछि थप सक्रियताका साथ सहरहरुमा परिचालन हुने गर्दछन् । उनीहरुलाईलाई पनि आश्रयका लागि भन्न सकिने डिपार्टमेन्ट अफ होमलेस सर्भिसेसले जानकारी दिएको छ ।सहरका सबैभन्दा कमजोर जनसंख्यालाई गम्भीर जाडोको जोखिमबाट बचाउन ‘कोड ब्लु’ ले प्रभावकारी भुमिका खेल्ने गर्दछ ।

न्युयोर्कमा ‘कोड ब्लु’ जारी, तापक्रम शुन्य डिग्री सेल्सियसभन्दा तल झर्ने

न्युयोर्क सिटीले चिसोको समयमा न्युयोर्कवासीहरूले आफूलाई सुरक्षित राख्न अपनाउनुपर्ने उपायका बारेमा सचेत गराएको छ । पाल्तु जनावरहरूलाई सुरक्षित राख्न र जनावरहरूलाई राति घरभित्र ल्याउन सुझाव दिइएको छ । जम्ने तापक्रममा थोरै समयको सम्पर्कले पनि खतरा निम्त्याउन सक्ने चेतावनी दिइएको छ ।

बाहिरका बिरुवाहरूलाई जोगाउन सुझाव दिइएको छ । गमलामा राखिएका बिरुवाहरूलाई भित्र सार्न र तुषारोको क्षतिबाट बचाउन बाहिर छोडिएका कुनै पनि बिरुवालाई कपडा वा बोराले छोपिदिन सुझाव दिइएको छ ।

पाइपहरूलाई जम्नबाट जोगाउन सुझाव दिइएको छ । न्यानो नभएका वा हावा छिर्ने ठाउँहरूमा सबैभन्दा जोखिममा रहेको धाराबाट हल्का पानी चुहिन दिन सुझाव दिइएको छ भने न्यानो हावा प्रसारित हुन दिन सिङ्कमुनिका क्याबिनेट ढोकाहरू खोल्न सुझाव दिइएको छ ।

न्यानो लुगा लगाउन सुझाव दिइएको छ । चिसो हावाले तापक्रम अझ बढी चिसो महसुस गराउनसक्ने भएकाले विशेष गरी बिहानको समयमा बाक्ला लुगाहरू लगाउन र छालालाई ढाक्न सुझाव दिइएको छ । विन्डशिल्ड, फुटपाथ र अन्य सतहहरूमा तुषारो जम्ने सम्भावना रहेकाले हिँड्दा, साइकल चलाउँदा वा गाडी चलाउँदा सावधानी अपनाउन भनिएको छ । बुधबार बिहान आफ्नो कार तताउन र झ्यालहरू सफा गर्नको लागि अतिरिक्त समय छुट्याउन सुझाव दिइएको छ ।

Table of Contents

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।

न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।





Source link

Leave a Comment