अमेरिकाले रोक्यो अफगानिस्तानका नागरिकका लागि भिसा प्रक्रिया



प्रकाशित मिति : मंसिर १३, २०८२ शनिबार

अमेरिकाले रोक्यो अफगानिस्तानका नागरिकका लागि भिसा प्रक्रिया

वाशिंगटन, डी. सी. मा रहेको अमेरिकी विदेश मन्त्रालयको भवनको लबीको प्रवेशद्वार । (सेर्कन गुर्बुज/विदेश मन्त्रालय)

अमेरिकाले अफगानिस्तानका नागरिकहरुका लागि भिसा प्रक्रिया रोकेको छ । अमेरिकी विदेश मन्त्रालयले विश्वका सबै कुटनीतिक नियोग तथा दुतावासहरुलाई अफगानिस्तानका नागरिकहरुका लागि भिसा प्रक्रिया रोक्न निर्देशन दिएको जनाएको छ । विदेशमा रहेका सबै दुतावास तथा कुटनीतिक नियोगहरुमा एक आन्तरिक निर्देशिका पठाउँदै अमेरिकाले अफगानिस्तानका नागरिकहरुको भिसा प्रक्रिया तत्काल रोक्न भनेको हो ।

बुधबार वाशिंगटन डीसीमा दुई जना नेशनल गार्डका सदस्यहरुमाथि गोली हानिएको आरोप अफगानिस्तानमा सीआईए समर्थिक इकाईका पूर्व सदस्य रहमानुल्लाह लकनवाललाई लागेको छ । सो घटना लगत्तै राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा कदमहरु चालिरहेका छन् र त्यसैको निरन्तरतामा अफगानिस्तानका नागरिकका लागि भिसा प्रक्रिया बन्द गरिएको हो ।

कन्सुलर अधिकारीहरूलाई दिइएको निर्देशन अनुसार, विशेष आप्रवासी भिसाका आवेदकहरू लगायत अफगानिस्तानका नागरिकहरूबाट आएका कुनै पनि आप्रवासी वा गैर-आप्रवासी भिसा आवेदनहरू अस्वीकार गर्न भनिएको छ ।

यसअघि नै निर्धारण गरिएको अपोइन्टमेन्टहरु भने रद्ध गरिने छैनन् । तर, अन्तरर्वार्ताका क्रममा भिसा दिन अस्वीकार गर्नुपर्ने निर्देशन दिइएको छ । पहिले नै जारी भइसकेका तर पासपोर्टमा नटाँसिएका भिसाहरु रद्ध गरिनुपर्ने र ती केसलाई सिस्टममा संशोधन गरी अस्वीकार गर्न समेत निर्देशन दिइएको छ ।

अमेरिकाले रोक्यो अफगानिस्तानका नागरिकका लागि भिसा प्रक्रिया

अमेरिकाका अफगानी सहयोगीहरूलाई समेत यसले रोक्ने भन्दै चिन्ता व्यक्त भइरहेको छ । अमेरिकालाई सहयोग गर्दै आइरहेको स्वयमसेवीहरुको समूहले पनि ट्रम्प प्रशासनले सबै अफगानिस्तानका नागरिकहरुलाई अमेरिका आउनबाट रोक्ने प्रयासको अंश भएको प्रतिक्रिया दिएको छ ।

विशेष भिसा कार्यक्रम अन्तर्गत सन् २०२१ सम्ममा अफगानिस्तानका २ लाख नागरिकहरु अमेरिका आइसकेका छन् । अमेरिकाबाहिर रहेका थप २ लाख ६५ हजार नागरिकहरुका आवेदन अझै प्रकृयामा रहेको थियो जसमा अमेरिकी सरकारका लागि काम गरेका नागरिकहरुका लागि विशेष आप्रवासी भिसाको पर्खाईमा १ लाख ८० हजार व्यक्तिहरु थिए ।

अमेरिकी सरकार, सेना तथा सम्बद्ध संस्थाहरुमा सेवा गरेबापत तालिबान तथा अन्य शत्रु पक्षबाट संरक्षण गर्न विशेष आप्रवासी भिसा कार्यक्रम ल्याइएको थियो ।

सन् २००९ मा अफगान सहयोगी संरक्षण ऐन पारित भएपछि यो कार्यक्रम नागरिकहरूका लागि समेत विस्तार गरिएको थियो । अमेरिकी सरकार, सेना वा मिसनहरूको तर्फबाट अफगानिस्तानमा वफादार र मूल्यवान सेवा प्रदान गर्ने कुनै पनि नागरिकलाई भिसाका लागि योग्य बनाएको थियो, पछिल्लो आन्तरिक निर्देशिकाले सबै श्रेणीका आवेदनहरु रोकिएका छन् ।

Table of Contents

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।

न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।





Source link

Leave a Comment