प्रकाशित मिति : मंसिर ११, २०८२ बिहीबार

अमेरिकाले अफगानी नागरिकका सबै आप्रवासन आवेदनलाई स्थगित गरेको छ।
अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (युएससीआईएस) ले “सुरक्षा र भेरिफिकेशन प्रक्रियाको पुनरावलोकन” नभएसम्मका लागि यो निर्णय गरिएको जनाएको छ।
बुधबारको घटनामा गम्भीर घाइते भएका दुई नेशनल गार्ड सदस्यमाथि गोली चलाएको आरोप लागेका पुरुष सेप्टेम्बर २०२१ मा अफगानिस्तानबाट अमेरिका आएका थिए।
राष्ट्रपति डोनाल्ड ट्रम्पले यो आक्रमणलाई “आतंककारी कृत्य” भन्दै, “यहाँ बस्न नहुने कुनै देशका विदेशीहरूलाई हटाउन कदम चालिने” बताएका छन्।
२०२१ मा जो बाइडेनको शासनकालमा अफगानिस्तानबाट अमेरिकी फौजको अव्यवस्थित फिर्तापछि विशेष सुरक्षा व्यवस्था अन्तर्गत दशौँ हजार अफगान नागरिक अमेरिका भित्रिएका थिए।
डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डीएचएस) ले आरोपीको नाम रहमानुल्लाह लकनवाल भनेर सार्वजनिक गर्दै उनलाई “अपराधी विदेशी नागरिक” भनेर टिप्पणी गरेको छ।
लकनवाल अमेरिकी बाइडेन प्रशासनको ‘अपरेसन एलाईज वेलकम’ कार्यक्रम अन्तर्गत सन् २०२१ सेप्टेम्बरमा अमेरिका प्रवेश गरेका थिए। त्यतिबेला तालिबानले अफगानिस्तान पुनः नियन्त्रणमा लिएको थियो।
अधिकारीका अनुसार लकनवालले २०२४ मा आश्रय (एसाइलम) को लागि आवेदन गरेका थिए। उनको आवेदन यसै वर्ष स्वीकृत भएको थियो।
२९ वर्षीय लकनवालले प्रहरी अनुसन्धानमा सहकार्य नगरेको बताइएको छ।
घटनापछि राष्ट्रपति ट्रम्पले “बाइडेनको समयमा अफगानिस्तानबाट आएका प्रत्येक विदेशीको पुनः मूल्यांकन गर्नैपर्छ” भनेका छन्।
ज्वाइन्ट टास्क फोर्स डी.सी. का अनुसार आक्रमण बुधबार वासिङ्टन डी.सी. को फरागट स्क्वायर मेट्रो स्टेशन नजिक भएको हो।
सैनिकहरू १७ औँ सडक र ‘जे’ सडकको कुनामा गस्तीमा थिए। जुन स्थान दिउँसो कार्यालय कामदारहरूले भरिने व्यस्त क्षेत्र हो।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
उपहार प्रदान गर्न क्लीक गर्नुहोला
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
मासिक डोनेसन गर्न यहाँ क्लिक गर्नुहोस्
