अमेरिकाको सहयोगमा दक्षिण कोरियाले परमाणु–चालित पनडुब्बी बनाउने



प्रकाशित मिति : कार्तिक ३०, २०८२ आईतबार

अमेरिकाको सहयोगमा दक्षिण कोरियाले परमाणु–चालित पनडुब्बी बनाउने

दक्षिण कोरिया परमाणु–चालित पनडुब्बी निर्माण गर्ने दिशामा उन्मुख भएको देखिएको छ।

दक्षिण कोरियाले अमेरिकासँगको सहकार्यमा अब परमाणु–चालित आक्रमण–पनडुब्बी निर्माण गर्ने सम्झौता अन्तिम चरणमा पुगेको बताएको हो।

ह्वाइट हाउसले सार्वजनिक गरेको तथ्य–पत्रमा यो सहकार्यलाई अमेरिकाले आधिकारिक रूपमा इन्धन आपूर्ति तथा प्राविधिक सहयोगसहित स्वीकृति दिएको उल्लेख छ।

अमेरिकाको सहयोगमा दक्षिण कोरियाले परमाणु–चालित पनडुब्बी बनाउने

यो सहकार्य कोरियाली प्रायद्वीपमा बढ्दो तनाव, विशेष गरी उत्तर कोरियाको परमाणु गतिविधि र चीनको नीतिको बीचमा आएको छ।

गत महिना दुवै देशले २५ प्रतिशतबाट घटाएर १५ प्रतिशत पारस्परिक भन्सार लागु गर्ने ठूलो व्यापार सम्झौता गरेका थिए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्ष दक्षिण कोरियामाथि २५ प्रतिशत भन्सार लगाएका थिए, जसलाई दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्युङले १५ प्रतिशतमा झार्न सफल भए। यसको बदलामा दक्षिण कोरियाले अमेरिकामा ३५० अर्ब डलर लगानी गर्ने वाचा गरेको छ।

अमेरिकाले दक्षिण कोरियालाई परमाणु–चालित आक्रमण पनडुब्बी निर्माणको अनुमति दिएको, इन्धन आपूर्तिका लागि आवश्यक प्रक्रिया मिलाएर घनिष्ठ रूपमा सहकार्य गर्ने प्रतिवद्धता जनाएको छ। दक्षिण कोरियासँग करिब २० पनडुब्बी छन्, तर सबै डिजेल–प्रोपेल्ड छन्।

नयाँ परमाणु पनडुब्बीहरू धेरै टाढा, धेरै छिटो, र दैनिक सतहमा आउनु नपर्ने क्षमताका कारण सैन्य सामर्थ्यमा ठूलो वृद्धि मानिन्छ।

उत्तर कोरियाले हालै आफ्नै परमाणु–चालित पनडुब्बी कार्यक्रम अघि बढाइरहेको घोषणा गरेको छ, त्यसलाई प्रतिरोध गर्न दक्षिण कोरियाले यो नयाँ क्षमता आवश्यक परेको बताइएको छ।

रक्षा मन्त्री आन ग्यु ब्याकका अनुसार यी पनडुब्बीहरू दक्षिण कोरियाको “गर्विलो उपलब्धि” हुनेछन्। उत्तर कोरियासँग हाल करिब ५० परमाणु हतियार भएको अनुमान छ।

ट्रम्पले यी पनडुब्बीहरू अमेरिकी सहर फिलाडेल्फियास्थित दक्षिण कोरियाली कम्पनीको शिपयार्डमा निर्माण हुने बताएका थिए।

तर, दक्षिण कोरियाली अधिकारीहरूका अनुसार शिपयार्ड क्षमताले त्यस्तो अनुमति दिंदैन। यसैले सम्भवतः निर्माण दक्षिण कोरियामै हुनेछ। परमाणु हाल परमाणु–चालित पनडुब्बी राख्ने छ देश मात्र छन्।

ती देशहरूमा अमेरिका, चीन, रुस, ब्रिटेन, फ्रान्स र भारत रहेका छन्।विशेषज्ञहरूका अनुसार दक्षिण कोरियाको नयाँ क्षमताले पूर्वी एसियामा हतियारको दौडलाई अझ तीव्र बनाउनेछ।

Table of Contents

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।

न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।





Source link

Leave a Comment